CDOLIVE.IN

  Sunday , December 16 , 2018 11:22PM


दार्जीलिङ नगरपालिकाको अध्यक्ष पदबाट डीके प्रधानलाई हटाइयो

post_image
डीके प्रधानलाई नगरपालिका अध्यक्षको पदबाट हटायो

दार्जीलिङ 10 जनवरी - आज दार्जीलिङ नगरपालिकाको एक बैठकमा डीके प्रधानलाई नगरपालिका अध्यक्षको पदबाट हटायो। यो बैठक दार्जीलिङ नगरपालिकाका उपाध्यक्ष रामजन गोलेले बोलाएको थियो। रामजन गोलेले नगरपार्षदको पदबाट दिएको राजीनामालाई प्रशासनले स्वीकार नगरेको बताउँदै यसैले आज गोलेले नगरपालिकाको विशेष बैठक बोलाएको हो। जसमा 28 जना नगरपार्षदहरू उपस्थित रहेको थियो। यो बैठकले नगरपालिकाका अध्यक्ष डीके प्रधानलाई उनको पदबाट हटाएको घोषणा गरे। नगरपालिकाको वर्तमान स्थितिलाई हेरेर यसै विषयमाथि ध्यान दिन गोजमुमोले चयन गरेको प्रतिनिधि अनि यस बिषयमा गोजमुमो सहसचिव ज्योतिकुमार राईसित सोध्दा उनले आगामी 16 जनवरीको दिन सम्भवतः दार्जीलिङका महकुमा अधिकारीले नयाँ नगरपालिका अध्यक्षलाई शपथ ग्रहण गराउन सक्ने जानकारी दिएका छन्। नगरपालिकाका उपाध्यक्ष विषय लिएर अन्यौलता रहेको छ। गोर्खा जनमुक्ति मोर्चाले पार्टीगत रूपमा दार्जीलिङ नगरपालिकाका अध्यक्ष प्रतिभा राईलाई बनाएको हो, सागर तामाङलाई उपाध्यक्ष बनाएको छ। यसैले रामजन गोलेले अहिलेसम्म पनि उपाध्यक्ष पदबाट राजीनामा दिएका छैनन्, सागर तामाङको उपाध्यक्ष पद लिएर के हुने हो ? यसबारे पार्टीले आगामी दिनमा नै छलफल गर्ने बताएको छ। आजको बैठकमा दार्जीलिङ नगरपालिकाका कार्यकारी अधिकारीहरू, नगरपालिका सचिव पनि उपस्थित रहेको थियो।




Leave comment