CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:20PM


पहाड़को घट्नाहरूमाथि निष्पक्ष जाँच होस्, न्यायपालिका माथि पूर्ण भरोसा – विमल गुरूङ

post_image
पहाड़को घट्नाहरूमाथि निष्पक्ष जाँच मांग गर्दै विमल गुरूङ

सिलगढ़ी 10 जनवरी-गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले गोप्य स्थानबाट एक विज्ञप्ति जारी गर्दै गोर्खा जातिको परिचयको लागि शान्तिसित अभियान जारी राख्ने घोषणा गरको छ। पहाड़का जनतालाई सबै राजनैतिक आन्दोलनलाई जस्तै यो आन्दोलनको लागि पनि निष्ठापूर्वक समय दिने अपील गरेका छन्। उनले न्यायपालिकामाथि पूर्ण भरोसा रहेको बताउँदै दार्जीलिङ पहाड़मा भएको आन्दोलनको समय झुटो आरोपहरू लगाइएका विषयमाथि स्वतन्त्र जाँच एजेन्सीद्वारा जाँच गराउने पनि माग गरेको छ। म कानूनमाथि विश्‍वास राख्ने छु साथै कुनै पनि स्वतन्त्र जाँच एजेन्सीलाई पूर्ण सहयोग गर्न तयार छु। जसमा कि पहाड़मा भएका सबै घट्नाहरूमाथि निष्पक्ष जाँच हुन सकोस् अनि शान्तिप्रिय प्रदर्शन गर्नेहरूमाथि लगाइएका झुटो आरोपहरूबाट मुक्त हुन सकोस् र न्याय पाउन सकोस् विज्ञप्तिमा भने हाम्रो आन्दोलन गोर्खाको परिचयको लागि हो, बङ्गालका जनता हाम्रा दाज्यू-भाइ, दिदी-बहिनी नै हुन्। तर उनीहरूसित गोर्खाको रिती-रिवाज, संस्कृति, रहन-सहन केही पनि मिल्दैन। यसैले संविधानको आधारमा देशभित्रै नै अलग गोर्खा राज्य माग गरिएको हौं । गोर्खा जाति विच्छिन्नतावादी होइन, हामी पनि भारतकै हौ र भारतमानै बस्ने छौं। गोर्खा जातिले भारतको अखण्डतामा विश्‍वास राख्छ, यसैले अहिलेसम्म गोर्खा जातिले देशको मान-सम्मानका साथै सिमाना बचाउँन ज्यान दिएर रक्षा गरिरेको छ। 

गत वर्षको जून महीनामा बङ्गाल सरकारले पहाड़मा भएको आन्दोलनलाई दबाउन एकतर्फी नीति अप्नाएको थियो, हाम्रा शान्तिप्रिय प्रदर्शनकारीहरूमाथि हिंस्रक व्यवहार अप्नाइएको थियो, राज्यको पुलिसले चलाएको गोली लागेर 11 जना प्रदर्शनकारीको ज्यान गएको छ। यी शहीदहरूका परिवारप्रति हार्दिक सम्वेदना प्रकट गर्न चाहन्छु। साथै गोर्खाल्यान्ड आन्दोलनकालमा शहीद हुनेहरू गोर्खा जनमुक्ति मोर्चाका सदस्यहरू मात्रै थिएनन्, उनीहरू मेरा भाई, बहिनी, आमा, बाबा, थिए। यसैले बहादुर गोर्खा जातिको परिचय र जीवनको लागि शान्तिसित अभियान जारी राख्न चाहन्छु। राज्य सरकारले यस जातिमाथि अत्याचार जारी राखे पनि शान्ति कायम राख्नुपर्छ अनि आशा छोड्नु हुँदैन। अहिले हामीलाई अतिनै भयो भन्ने लागिरहेको छ, तर धैर्य राख्नुपर्छ। सबै राजनैतिक आन्दोलनमा जस्तै यो आन्दोलनको लागि पनि हामीले निष्ठापूर्वक समय पर्ने छ। म न्यायपालिकामा पूर्ण विश्‍वास छ र सत्यको जीत हुन्छ भन्ने विषयमा विश्‍वस्त राख्छु। यसबारे म अन्य केही बोल्न चाहँदिनँ,’ अन्तमा गुरूङले भने - भगवान हामीसित छ र प्रदर्शनकारीहरूले न्याय पाउँछन् भन्ने विश्‍वास छ। यसका साथै उनले जनतालाई शान्ति बनाइराख्ने पनि अपील गरेका छन्।




Leave comment