CDOLIVE.IN

  Sunday , June 24 , 2018 4:36AM


गोरामुमोले आगामी 28 जनवरी दार्जीलिङमा विराट जनसभा गर्ने

post_image
मोहन घिसिङले दार्जीलिङमा विराट जनसभा गर्ने घोषणा गर्दै

दार्जीलिङ 11 जनवरी-आगामी 28 जनवरीका दिन गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दार्जीलिङको मोटर सट्याण्डमा विराट जनसभा गर्ने भएको छ। गोरामुमोले यो जनसभा ऐतिहासिक र भव्य हुने दावी गरिएको छ। पहाडमा यस्तो जनसभा धेरै वर्षपछि गोरामुमोले गर्ने भएको छ। सिमलबारीमा सुवास घिसिङले छैटौँ अनुसूचिको मागमा यस्तै विराट जनसभा गरेका थिए। सिमलबारीमा सुवास घिसिङ छँदा भएको विराट जनसभापछि त्यस्तै जनसभा यो दोस्रो हुने भएको दावी गरे। गोरामुमो केन्द्रिय प्रवक्ता निरज जिम्बा अनुसार उक्त जनसभामा विगतका आन्दोलन र कलकत्तादेखि दिल्लीसम्मका सबै डेभलोपमेन्टबारे जानकारी जनता अघि राख्ने बताए। छैटौँ अनुसूचिलाई केन्द्र गरेर नै जनता अधि राख्ने सङ्केत छ। गोरामुमोलाई पश्चिम बङ्गाल सरकारले दिएको डेभलोपमेन्टबारे साथै बैठकमा चर्चा गरिएको बोर्डको औचित्यबारे गोरामुमोले बुझाउने बताए। डेभलोपमेन्ट बोर्ड जनताको हितको निम्ति दिएकोले नै स्वीकार गरेको कुरा गोरामुमोले जनतालाई अवगत गराउने जानकरी गराए।




Leave comment