CDOLIVE.IN

  Sunday , August 19 , 2018 4:06AM


भस्मे गाउँमा देवरले गरे भाउज्यू र दुई नानीको हत्या

post_image
आफ्नो देवरले भाउज्यू साथै दुई नानीहरूको हत्या

गैरिबास4 फरवरी- शनिबार राती गैरिबास सिन्कोना बगानमा एउटै घरको एकैचोटी तीनजनाको हत्या गरिएको छ। जलढका थाना अन्तर्गत गैरिबासको भस्मे गाउँमा आफ्नो देवरले भाउज्यू साथै दुई नानीहरूको हत्या गरे। बगानको श्रमिक कामको बद्ली केशको मामिलाको कारण देवरले आफ्नो भाउज्यू र दुई नानीहरूको हत्या गरेको आशङ्का गरिएको छ। शनिबार राती 9 बजीतिर सूर्य भुजेल(34) ले जुनिता भुजेल (32), आकृत भुजेल(8) अनि अतीत भुजेल(6) को हत्या गरिएको छ। गैरीबासको भस्मे गाउँमा रहेको उक्त घरमा पाँचजनाको परिवार बसोबासो गर्थे। लगभग 6 महिनाअघि पतिको मृत्यु भइसकेको थियो। कानुनी प्रावधान अनुसार पतिको मृत्युपछि बगानको श्रमिकको बद्ली काम आफ्नै पत्नीले पाउने भएका कारण केही महिनादेखि जुनिता भुजेल नै बगानमा हिँड्दै आइरहेकी थिइन्। परिवारिक सुत्र अनुसार यसै विषयलाई लिएर देवर भाउज्यूमाझ खटपट चलिरहेको थियो। राती तीनैजनाको हत्या गरेपछि आरोपी युवकले उक्त घरमा रहेका आफ्नै आमा-बाबालाई समेत हतियार देखाएर धम्काएका थिए। उनीहरूले भागेर आफ्नो ज्यान जोगाए सफल भए पनि अन्य तीन जनाको घटनास्थलमा नै मृत्यु भए। 

गाउँमा हल्लाखल्ला मच्चिएपछि गाउँलेहरू घटनास्थलमा पुग्दा तीनवटा लाश लडिरहेको अवस्थामा देखे। प्रत्यक्षदर्शीहरूले बताएअनुसार गाउँवासीहरू घटनास्थलमा पुग्दा तीनैवटा शव खुनले लतपथ अवस्थामा लडिरहेको थियो। जानकारी दिएअनुसार तीनै जनाको शिरमा धारिलो हतियारले जताभावी प्रहार गरिएको छ। भाउज्यू जुनिता भुजेललाई भने एकाधिक पल्ट धारिलो हतियारले प्रयोग गरेको कारण शिर शरीरदेखि अलग बन्न लागिसकेको अवस्थामा पुगेको प्रत्यक्षदर्शीहरूले जनाएका छन्। आरोपी युवकले जलढका थानामा आत्मसमर्पण गरेका छन् भने राती नै जलढका पुलिस घटनास्थलमा पुगेको थियो। आरोपी युवकलाई कालेबुङ कोर्टमा हाजिर गरिने छ। शव पोष्टमर्टमका निम्ति कालेबुङ जिल्ला अस्पतालमा ल्याइएको छ। गाउँमा सनसनी फैलिरहेको कारण गाउँलेहरूले आरोपीलाई फाँसीको सजाय दिनुपर्ने अनि क्षेत्रको सुरक्षा व्यवस्था ध्यानमा राख्दै पुलिस पेट्रोलिङ हुनुपर्ने माग गर्दै जलढका थानामा ज्ञापन-पत्र पनि बुझाएका छन्।




Leave comment