CDOLIVE.IN

  Saturday , May 26 , 2018 7:47AM


जीएसएसएसले 11 फरवरीदेखि रन फर गोर्खाल्यान्ड शुरू गरिने

post_image
जीएसएसएसका अध्यक्ष किरण बीकेले प्रेस वार्ता गर्दै

कालेबुङ 5 फरवरी-(जीएसएसएस)- गोर्खाल्यान्ड संयुक्त सङ्घर्ष समितिले गोर्खाल्यान्ड राज्य गठनको मागमा आगामी 11 फरवरीदेखि रन फर गोर्खाल्यान्ड शुरू गर्ने घोषणा गरियो। रन कालेबुङबाट शुरू भएर दिल्लीमा पुगेर समापन हुने। जीएसएसएसका अध्यक्ष किरण बीकेले जानकारी गराउँदै भने, गोर्खाल्यान्डको माग अझै पनि सेलाएको छैन, यो आन्दोलन चलि रहने छ। देशका 99 प्रतिशत आम मानिसलाई बुझाउन अनि उनीहरूको समर्थनको आवश्यक रहेको बारे जनतालाई सचेत गराउनको निम्ति यस सङ्गठनले यो कार्यक्रमको आयोजना गरेको हो। 11 फरवरीको दिन कालेबुङबाट शुरू हुने रन फर गोर्खाल्यान्ड दार्जीलिङ, सिलगढ़ी, पटना, लखनऊ हुँदै राज्यहरूमा रहेका विश्‍वविद्यालयहरूमा गोर्खाल्यान्डबारेमा सङ्गोष्ठीहरूले पनि आयोजना गरिने बताए। 11 फरवरीको देखि शुरू गरिएको रन फर गोर्खाल्यान्ड 1 मार्चको दिन दिल्लीको इण्डिया गेटमा गोर्खाल्यान्डको मशाल अर्पण गरेर समाप्त हुने बताए। यसको लागि दार्जीलिङको चौरास्तामा भोलिदेखि नै पञ्जीकरणको टेबल राखेर पञ्जीकरण शुरू गरिने छ। गोर्खाल्यान्डको माग बारे जनतालाई सचेत गराउनको निम्ति जीएसएसएसले यो कार्यक्रमको आयोजना गरिएको बताए । उनले बताए, रन फर गोर्खाल्यान्ड रिलेरूपमा हुनेछ, जसमा प्रत्येक टोलीले 10-10 किलोमिटरको रन गर्नेछ। यसो गर्दा दिल्लीसम्म पुग्नको लागि 190 वटा टोली हुनपर्नेछ, जसले मोठ 21 दिनमा 1,600 किलोमिटरको यात्रा तय गर्नेछ। यस रन फर गोर्खाल्यान्डमा भाग लिने गोर्खाल्यान्डप्रेमीहरूले वी वान्ट गोर्खाल्यान्ड लेखिएको टी-सर्ट लगाउने भएको पनि उनले जनाए। गोर्खाल्यान्ड राज्यको लागि धेरै सङ्घर्ष गरियो, कैयौंपल्ट आन्दोलन पनि भयो,  दार्जीलिङ पहाड़मा 104 दिन पनि बन्द भयो। साथै देश-विदेशका विभिन्न स्थानहरूमा पनि यो आन्दोलनले जोड़ तोड़ले समर्थ गरेको थियो। जीएसएसएसको पनि गठन भयो, जसले आफ्नो गठनकालदेखि नै आन्दोलन गरिरहेको छ अनि यो मागलाई जिवित राख्नलाई 11 फरवरीदेखि रन फर गोर्खाल्यान्ड रिले म्याराथान शुरू गर्ने कार्यक्रम बनाएको हो।




Leave comment