CDOLIVE.IN

  Sunday , June 24 , 2018 4:49AM


दार्जीलिङ सांसद आहलुवालिया 17 फरवरी सिलगढ़ीमा पासपोर्ट सेवा केन्द्रको उदघाटन गर्न आउने

post_image
दार्जीलिङ सांसद एसएस आहलुवालिया 17 फरवरीको दिन सिलगढ़ी आउदै छ

सिलगढ़ी 15 फरवरी- दार्जीलिङ सांसद एसएस आहलुवालिया 17 फरवरीको दिन सिलगढ़ीमा पासपोर्ट सेवा केन्द्रको उदघाटन गर्ने आईरहेको समय गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका बीओए अध्यक्ष विनय तामाङले सिलगढ़ी आइरहेका सांसद एसएस आहलुवालियाप्रति ‘खै’ खनेका छन्। जिटीए अध्यक्षकोरूपमा नै प्रेस विज्ञप्ति जारी गरेर उनले भनेका छन्, ‘आवश्यकताको समय दिल्लीबाट रमिता हेर्ने सांसद एसएस आहलुवालियाले दार्जीलिङ पहाड़ चढ्ने नैतिक अधिकार नै नरहेको बताए। सिलगढ़ीबाटै दिल्ली फर्किने सुझाउ उनलाई दिन चाहन्छौं।’ आहलुवालियाले संसदीय क्षेत्रवासीको निम्ति पासपोर्ट सेवा केन्द्र होइन, बेरोजगार युवाहरूलाई रोजगार प्राप्त हुने परियोजनाहरूको उदघाटन पर्ने हो तर पासपोर्ट सेवा केन्द्र उदघाटन गरेर पहाड़को 80 प्रतिशतभन्दा पीड़ित निम्नवर्गीय मानिसहरूको निम्ति केही फायदा नहुने बताए। दार्जीलिङ पहाड़वासीको भोट पाएर सासंद बनेका आहलुवालिया पछिबाट केन्द्रीय पेय जल अनि स्वास्थ्य विभागका मन्त्री बनेका हुन्। 

तर उनको आफ्नै संसदीय क्षेत्रमा पेय जलको चरम सङ्कट रहेको छ। स्वास्थ्यको क्षेत्रमा उनकै समष्टि आजसम्म धेरै पछाड़िएको छ। दार्जीलिङ पहाड़को निम्ति सांसद एवं मन्त्री आहलुवालियाको तर्फबाट उक्त विषयमा एउटै पनि कार्य नभएको तामाङले भनेका छन्। दार्जीलिङ वासीको निम्ति कठीन कार्य नै नहोस म पुरा गर्छु भनेर खुल्लारूपमा वाचा गर्ने सांसद एसएस आहलुवालियाले केन्द्रिय विश्वविद्यालय निर्माणको निम्ति के कस्ता भूमिका वहन गरे, गोर्खाका 11 वटा जातगोष्ठीलाई केन्द्रिय जनजाति बनाउने दिशामा उनको भूमिका के कस्तो रहेका छन्। केही महीनादेखि चलिरहेको दार्जीलिङ पहाड़को समस्याको समाधानको निम्ति उनले के कस्ता कार्यहरू गरे त भन्ने विषयमा पहाड़वासीलाई सबै थाहा रहेको दाबी गर्दै तामाङले सांसद आहलुवालियाको निष्क्रियतालाई हेरेर पहाड़वासीले उनीप्रति आशा नभएका बताएका छन्।  

दार्जीलिङका संसदले पहाड़ वासीको मनोबल बढाइदिने उनलाई हामीले बारम्बार अपील गरेका हौं। पहाड़ भ्रमण गर्नु त परै जाओस् पीड़ित पहाड़वासीको पक्षमा एकशब्द समेत बोलेनन्। यसर्थ उनी पहाड़ चढ्न चाहन्छन् भने सर्वप्रथम पहाड़वासीलाई नैतिकरूपमा क्षमा माग्नुपर्छ र सांसद पदबाट तुरून्तै राजीनामा दिनुपर्छ। यति गरेपछिमात्रै पहाड़वासीले उनलाई पहाड़को भूमि टेक्न दिनेछन् अन्यथा विगतमा जस्तो न्यानो स्वागत होइन टुरिस्ट सांसदले चरम विरोधको सामना गर्नुपर्नेछ भनि बताए।




Leave comment