CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:19PM


युवा मोर्चाले संकेत दिदै भने गोर्खाल्यान्डको भावना माथि खेलवाड़ नहोस्

post_image
युवा मोर्चाका अध्यक्ष योञ्जनले जनसभामा सम्बोधन गर्दै

दार्जीलिङ 25 फरवरी- आज दार्जीलिङको मोटर स्ट्यान्डमा गोर्खा जनमुक्ति युवा मोर्चाद्वारा आयोजित जनसभामा युवा मोर्चाका अध्यक्ष योञ्जनले सांकेतिक ढङ्गमा भने-दार्जीलिङ पहाड़मा शान्ति राख्नुपर्ने कुरा भइरहेको छ, यदि पहाड़लाई शान्ति राख्नु हो भने कुनैप्रकारको हस्तक्षेप हुनुहुँदैन, बिना हस्तक्षेप सञ्चालन गर्ने दायित्व दिनुपर्छ। उनको यो संकेत सोझै जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-माथि प्रहार गरे। जसलाई कुनै हस्तक्षेपबिना सञ्चालन गर्न दिनुपर्ने उनको माग थियो। बेरोजगार युवा-युवतीहरूलाई रोजगार दिनुपर्छ, ए, बी र सी श्रेणीका पदहरूमा नियुक्ति प्रदान गर्नुपर्छ। तब पहाड़मा शान्ति भएर जानेछ। तर घरिघरि यहाँ हस्तक्षेप भइरहे, युवावर्गको मनमा अझै पनि गोर्खाल्यान्डको भावना मरेको छैन। भोलेन्टियर शिक्षक-शिक्षिकाहरूलाई स्थायी गर्ने कार्य भए पहाड़ स्वतः शान्त बन्दै जानेछ। 

यसका साथै उनले गोर्खाल्यान्ड आन्दोलनकालमा गोजमुमो समर्थकहरू विरूद्ध लागेका सम्पूर्ण मुद्दाहरू फिर्ता लिने पनि उनले माग गरे। यी मुद्दाहरू फिर्ता भए मात्रै पहाड़ शान्ति बनेर जाने पनि उनले आफ्नो भाषणमा स्पष्ट बताए। उनले यो माग दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका सम्पूर्ण युवावर्गको हो भन्दै स्पष्टीकरण दिदै, भने-भाजपाले गोर्खा जातिलाई केवल आश्‍वासन मात्रै दिने काम गर्यो। केन्द्र सरकारले गोर्खाल्यान्डको लागि आधिकारिक वार्ता डाक्ने आश्‍वासन दिएरनै 104 दिन पहाड़ बन्द खोल्न लगाएको थियो। तर दार्जीलिङ पहाड़ समस्याको स्थायी समाधानको लागि केन्द्र सरकारले त्रिपक्षीय वार्ता बोलाउनै पर्छ। फेरी यो माग पहाड़मा दोहोरिरहने पनि बताए। गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय अध्यक्ष अमृत योञ्जनले स्पष्ट शब्दमा यस्तो चेताउनी दिदै भने जुन चेताउनी राज्य र केन्द्र सरकारलाई पनि हो। युवा मोर्चाले भाषामाथि र अन्य कुरामा हस्तक्षेप नचाहने।

Related Photos




Leave comment