CDOLIVE.IN

  Sunday , December 16 , 2018 11:34PM


मुस्लिम समुदायकहरूले पनि जीटीएमा आसन आरक्षणको माग

post_image
मुस्लिम समुदायकहरूले पत्रकार सम्मेलन गर्दै

दार्जीलिङ 28 फरवरी-भारत मिल्लते इस्लामिया सोसाइटी र युनाइटेड पहाड़िया माइनोरिटी अर्गनाइजेशनले एकै अवाजमा जीटीएमा आसन आरक्षणका साथै राज्यका सरकारी नोकरीमा पनि 15 प्रतिशतको कोटा हुनु पर्ने पर्ने माग गरे। पत्रकार सम्मेलन गर्दै भारत मिल्लते इस्लामिया सोसाइटीका अध्यक्ष मुख्तार खान र युनाइटेड पहाड़िया माइनोरिटी अर्गनाइजेशनका अध्यक्ष नफिस अहमदले भने-राज्यको तृणमूल कांग्रेस सरकारले राज्यका मुस्लिम समुदायको विकासको लागि धेरैवटा योजनाहरू बनाएको आश्‍वासन दिएको थियो। तर आजसम्म पनि राज्य सरकारले आफ्नो आश्‍वासन पूर्ण गरेको छैन। सरकारको ध्यान आकर्षण गर्ने क्रममा भारत मिल्लते इस्लामिया सोसाइटी र युनाइटेड पहाड़िया माइनोरिटी अर्गनाइजेशनले संयुक्तरूपमा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीलाई पत्रचार गरेका हो। पत्रचारा लेखिएका को छ कि राज्य सरकारले विषेश राज्यका मुस्लिम समुदायको विकासको निम्ति धेरै परियोजनाहरू बनाएको थियो, प्रत्येक जिल्लामा मुस्लिम विकास बोर्डको गठन, राज्यका प्रत्येक कार्यालय तथा सार्वजनिक स्थलहरूमा उर्दु भाषामा साइन बोर्ड लगाइने, मुस्लिम इलाकामा युवतीहरूका लागि उर्दु माध्यमका स्कूल स्थापना गरिने, डुवर्समा आलिया विश्‍वविद्यालय स्थापना गरिने, प्रत्येक खण्डमा मुस्लिम सार्वजनिक भवनको स्थापना साथै डुवर्सको चियाश्रमिकहरूले बस्दै आएको जमीनको पट्टा साथै मुस्लिम अल्पसंख्यकको लागि 15 प्रतिशत नोकरीमा आरक्षण अनि प्रत्येक मद्रासामा खाना पकाउने र केयरटेकर महिलाको नियुक्ति हुनुपर्छ भन्ने विषयहरूमा सरकारले धेरै योजनाहरू बनाएको थियो। इहि कुराहरूमा आजसम्म कुनै कार्य गरेको छैन। यसैले मुख्यमन्त्रीलाई पत्रचार गरेर यी विषयहरूमाथि ठोस कार्य गरिदिने अपील गरेको हो। अध्यक्ष मुख्तार खानले भने-जीटीएमा पनि अल्पसंख्यक मुस्लिम समुदायको लागि आसन आरक्षण हुनु पर्छ, झट्टै नै संगठनले जीटीए अध्यक्षसित भेट गरेर इहि कुरा राख्ने बताए।




Leave comment