CDOLIVE.IN

  Sunday , December 16 , 2018 11:18PM


दार्जीलिङ र डुवर्स मुक्तिको चाबी सिक्किमको हातमा छ : भरत दोङ

post_image
गोर्खा राष्ट्रिय काङ्ग्रेस (गोरांक) अध्यक्ष भरत दोङले पत्रकारलाई सम्बोधन गर्दै

सिक्किम 28 फरवरी-दार्जीलिङ र सिक्किमको एकिकरणको मुद्दालाई अन्तिम रूपमा लिएर कार्य गरिरहेको गोर्खा राष्ट्रिय काङ्ग्रेस (गोरांक) ले दार्जीलिङवासीको दु:खको मुख्य कारण सिक्किम रहेको आरोप लगाएको छ। सिक्किमको सानो सोचको कारण दार्जीलिङवासीले दु:ख पाइरहेको छ। सिक्किमका पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारी र वर्तमान मुख्यमन्त्री पवन चामलिङले बुझिदिएको भए दार्जीलिङका जनताको समस्या समाधान भइहाल्ने दाबी गोरांक अध्यक्ष भरत दोङले गरेका छन्। पत्रकारविच जीआरसीका अध्यक्ष भरत दोङ्ग, उपाध्यक्ष कुमार सुब्बा, महासचिवद्वय नीमा तामाङ र अमर लक्समले गोरांकको माग र मुद्दाबारे बोलेको हो। बंगालबाट दार्जीलिङ र डुवर्स मुक्तिको चाबी सिक्किमको हातमा छ। हामी सिक्किम मास्न होइन गास्न चहान्छौ,’ गोरांक अध्यक्ष दोङ्गले भने। 1986 मा भएको गोर्खाल्याण्ड आन्दोलनको परिणाम स्वरूप पश्चिम बङ्गाल सरकारले एउटा श्वेत पत्र जारी गरेर दार्जीलिङ सिक्किमको भूभाग रहेको स्पष्ट गरिसकेको छ। श्वेत पत्रलाई लिएर सिक्किमले आजसम्म कुनै प्रतिक्रिया नगरेको उनले बताए। उनले सिक्किम अझै पनि पूर्ण राज्य नरहेको दाबी गर्दै एकीकरणपछि सांसद र विधायकहरूको संख्या बढ्नुका साथै केन्द्रमा सिक्किमको बोली पनि बिक्ने आसय व्यक्त गरे। दार्जीलिङमा चलेको 105 दिनको आन्दोलनपछि जीआरसी टोली दुईपल्ट दिल्ली गएर केन्द्रिय मन्त्रीहरू र विभिन्न राजनैतिक दलका नेताहरूलाई भेटेको तथा एकीकरण विषय उनीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको दाबी गरे। उनले युपीए र एनडीए दुवै एकीकरणको पक्षमा रहेको ठोकुवा गर्दै प्रदेश काङ्ग्रेसका नेताहरूले बुझेर पनि नबुझेको जस्तो व्यवहार गरिरहेको बताए। जीआरसीका महासचिव अमर लक्समले सिक्किमसित एकीकरणपछि सॅंधैभरि सिक्किममै बस्ने भन्दै वर्तमानमा बङ्गालमा सरह सिक्किमभित्र कुनै व्यवस्थामा बस्न तयार रहेको दावी गरेका छन्।




Leave comment