CDOLIVE.IN

  Sunday , June 24 , 2018 4:46AM


विधानसभाको सत्रमा विशेष युवा उद्यमी बनाउने – मुख्यमन्त्री चामलिङ

post_image
विधान विधानसभाको सत्रमा मुख्यमन्त्री चामलिङ बोल्दै

सिक्कम 7 मार्च-सिक्किमका सातौ सत्रको बजेट सत्रको दोस्रो दिन सम्पन्न भयो। यस सत्रमा हिजो राज्यपाल श्रीनिवास पाटिलद्वारा प्रस्तुत अविभाषणमाथि चर्चा गरियो। दोस्रो दिनको बजेट सत्र प्रश्न बाट नै शुरु भए पछि विपक्षी दल एसकेएमका विधायक केएन लेप्चा अनि स्वतन्त्र विधायक आरएन चामलिङले रूसा अनि अन्य परियोजनामा धनराशीको उपयोग तथा अन्य मुद्दामाथि प्रश्न राखे। बजेट सत्रमा सिक्किम राष्ट्रिय कानुन विश्वविद्यालय विधेयक पनि सदनमा प्रस्तुत गरियो। मानव संसाधन विकास मन्त्री आरबी सुब्बाले उक्त विधेयक सदनमा पेश गरे। चर्चाको क्रममा मुख्यमन्त्री पवन चामलिङले यस पालीको बजेट युवा रोजगार अनि उद्यमको निम्ति सरकारले शुरु गरेको स्टार्टअप कार्यक्रममा आधारित रहेको बताए। 

मुख्यमन्त्री स्टार्टअप कार्यक्रम राज्य सरकारको ध्वजवाहक कार्यकर्म हो जो केवल युवामुखी मात्र नभएर सही रूप में कारगार अनि करियर विकासको निम्ति सुनौलो अवसर सिर्जना गर्ने माध्यम रहेको मुख्यमन्त्रीले अवगत गराए। यो योजनाले युवाहरूलाई व्यापारमा उद्यमी र प्रसस्त मौका प्रदान गर्ने बताए। राज्यपालको अविभाषणमा उल्लेखित जैविक कृषिमा आफ्नो मन्तव्य राख्दै मुख्यमन्त्रीले अब दोस्रो चरणको अभियान थालेको अनि उत्पादनलाई महत्व दिइएको बताए। मुख्यमन्त्रीको अभियानमा उत्पादन वृद्धि, गुणवत्ता, बजार अनि जैविक उत्पादहरूको खोजी गर्न रहेको बताए। मुख्यमन्त्रीले सरकारको लक्ष्य जैविक क्रान्तिले सिक्किम राज्यलाई जैविक उत्पादनमा पूर्ण रूपमा स्वनिर्भर अनि स्वलम्बी बनाउनु परेको बताए। मुख्यमन्त्री चामलिङले जनतालाई जमीन बाँझो नछोड्ने अनि सुहाउँदो सब्जी र बाली लगाउने आह्वान गर्दै जनताले पनि जैविक मिशनको जिम्मेदारी वहन गर्नुपर्ने बताए।




Leave comment