CDOLIVE.IN

  Sunday , June 24 , 2018 4:50AM


विमल गुरुङको घनिष्ट सहयोगी पक्राउ

post_image
आरोपीहरुलाई सिलगढी अदालतमा ल्याउदै

सिलगढ़ी 7 मार्च-पुलिस सुत्रद्वारा दार्जीलिङ पुलिसद्वारा चलाइएको अभियानमा मोर्चा अध्यक्ष विमल गुरुङको घनिष्ठ तीन सहयोगीहरूलाई पक्राउ गरिएको छ। जानकारी अनुसार तिनैजनाको विमल गुरुङसँग घनिष्ठ सम्बन्ध रहेको बताएको छ। पक्राउ पर्नेहरू सिद्धान्त विश्वकर्मा (३५), उदय गुरुङ (३४) अनि अनुप प्रधान (३५) रहेका छ। उदय गुरुङ विमल गुरुङको अङ्गरक्षक अनि सिद्धान्त विश्वकर्मा गुरुङको वाहन चालक हो। तिनै आरोपीहरू विरुद्ध आन्दोलन समयमा पहाडमा अशान्ति एवं सरकारी सम्पत्ति नष्ट, आगजनी साथै अन्य मुद्दा दर्ता गरिएको बताइएको छ, भने आन्दोलन कालदेखि उनीहरू भुमिगत रहेको थियो। तिनै आरोपीहरुलाई सिलगढी अदालतमा ल्याएको छ।




Leave comment