CDOLIVE.IN

  Sunday , December 16 , 2018 11:40PM


सिक्किमका पाकिम ग्रीन फिल्ड विमान स्थलको परिक्षण सफल

post_image
पाकिम ग्रीन फिल्ड विमान स्थल

गान्तोक 10 मार्च-गान्तोक देखि 35 किलोमिटर टाड़ा निर्माण गरिएको पाकिम ग्रीन फिल्ड विमान स्थलमा आज पहिलोपल्ट व्यावसायिक विमानलाई प्रयोगको निम्ति उतारिएको जानकारी प्राप्त भएको छ। पाकिम विमान स्थलमा भारतीय वायु सेनाको विमानको सफल अवतरण पछि आज स्पाइसजेट वायु सेवाको विमानले कलकत्ताबाट उडान भरेर पाकिममा सफलतापूर्वक अवतरण गऱ्यो। स्पाइसजेट क्यू 400 बमबारड्रियरले 11-30 बजी अवतरण गरिएको हो। कलकत्ताबाट 10-20 बजी उडान भरेको वायुयानले एक घण्टा 10 मिनटको समयमा आफ्नो उडान पूरा गरेको थियो। पाकिम विमान स्थलमा पहिलो व्यावसायिक हवाई जहाजले अवतरण गरेको आज ऐतिहासिक दिनको रूपमा उल्लेख गरेको छ। 5 मार्चको दिन नव निर्मित पाकिम ग्रीनफिल्ड एयरपोर्टमा भारतीय वायु सेनाको ड्रोनियर 288 विमान नव निर्मित हवाई पट्टीमा सफलतापूर्वक अवतरण गरेको थियो। 

भारतीय विमान प्राधिकरणले वायु सेनालाई यसै महीनादेखि विमान स्थलमा विमानको परिक्षण अवतरण गराउने अनुरोध गरेको हो। सिक्किम र देशकै नागरिक उड्डयनको क्षेत्रमा ऐतिहासिक क्षण मानिएको छ। ड्रोनियर 288 विमानको सफल परिक्षण उडान पछि 19 आसन भएको हल्का विमानको उडान परिक्षण गरिएको थियो। पाकिम विमान स्थलमा स्पाइसजेटको विमान सफलतापूर्वक अवतरण भएकोमा मुख्यमन्त्री पवन चामलिङले खुसी व्यक्त गरेका छन्। यो विमान स्थल भारत सरकारले 2008 सालमै अनुमोदन गरोको हो भने 2009 मा मात्रै काम शुरु भएको थियो। प्राधिकरणले 609 करोड रूपियाँको लागतमा विमान स्थल निर्माण गरेको छ। जसमा 17 सय मिटर लम्बाई र 30 मिटर चौडाई भएको धवन मार्ग रहेको छ भने 116 मिटर लामो ट्याक्सीवे, एप्रोन 106 मिटर लम्बाई र 76 मिटर चौडाई भएको बनाइएको छ। जहाँ एआरटी-72 एयरक्राफ्ट एकैचोटी दुइवटा अटाउन सक्छ। भारत र सिक्किमकै निम्ति ऐतिहासिक दिन हो भन्नेहरूको ताँती लागेको छ। सिक्किमबाट नजिकको विमान स्थल बागडोग्रा 124 किलोमिटर तथा छिमेकी राज्य भोटाङको पारो विमान स्थल पनि रहेको छ।




Leave comment