CDONETWORK

  Thursday , October 29 , 2020 9:39AM


सिलगढ़ी र मिरिकमा पनि मानव उत्थान सेवा समितिद्वारा गुरुमाता अमृताजीको पावन जन्मोत्सव पालन

post_image
मेडिकाल शाखामा श्री अखिलेश बाईजीले दिप प्रज्जवलन गर्दै - समितिका उत्तर पूर्बाञ्चलका उपाध्यक्ष प्रकाश हाङखिमसले बोल्नु हुन्दै
मिरिक 11 अगस्त- मानव उत्थान सेवा समिति सियोक नारायण गाउँको तत्वावधानमा आज गुरुमाता अमृताजीको जन्मदिन धुमधामले मनाइयो । कार्यक्रमको शुरुमा मिरिक तहसिल प्रभारी महात्मा देविका बाईजी अनि उनका सहयोगी बाईजी र समितिका उत्तर पूर्बाञ्चलका उपाध्यक्ष प्रकाश हाङखिमले दीप प्रज्ज्वलन गरेर मानव धर्मका प्रणेता श्री सतपालजी महाराज र माता अमृताजीको तस्वीरमा माल्य प्रदान गरेपछि नारायण शाखाको तर्फबाट उपस्थित तहसिल प्रभारी महात्मा देविका बाईजी र उनका सहयोगी बाईहरू लगायत समितिका वरिष्ठ कार्यकर्ताहरूमा प्रकाश हाङखिम ,माधव बुढाथ‍ोकी, जगत देवसाली, ललित निरौला, दिपङ्कर राई आदिलाई खदा लाएर स्वागत गरिय‍ो । जगत देवसालीले संचालन गरेको कार्यक्रममा प्रमुख बक्ताको रुपमा महात्मा देविका बाईजीले मातृ शक्तिको महिमा सुनाउँदै भन्नुभयो - माताको महिमा अपरम्पार छ । यो चराचर जगत नै माताको शक्तिद्वारा नै संचालित छ । ईश्वर भक्तले ध्यान अनि सुमिरणले मातृ शक्तिको अनुभूति गर्न सक्छ । कार्यक्रममा महात्मा लम्हु बाई, महात्मा बिशाखा बाई , श्रीमती माला राई अनि प्रकाश हाङखिमले पनि सम्बोधन गरे । अश्विन राई अनि सहयोगी कलाकारहरूले खुबै सुन्दर सुन्दर भजन गाएर सुनाए । तहसिल सचिव रोहित प्रधानले धन्यबाद ज्ञापन गरे । - माधव बुड़ाथोकी मिरिक

सिलगढ़ीमा पनि अमृताजीको पावन जन्मोत्सव पालन- सिलगढ़ी द्वारा पनि मातासिलगढ़ी तहसिलको मेडिकाल शाखामा पनि पूज्य माता श्री अमृताजीको 61वाँ पावन जन्मोत्सव देवकोटा ग्राम कल्याण समिति भवनमा सद्भावना सत्संग समारोह धुमधामले मनाइयो। यस कार्यक्रममा सिलीगुड़ी हंस बेला आश्रम एवं सालुगढ़ा मानव धर्म आश्रमका सन्त महात्मागण उपस्थित रहेको थियो। यस सद्भावना सत्संग समारोहमा सिलगढ़ी अन्तगर्त 15 वटा शाखाका भक्त समुदायहरू धेरै संख्यामा उपस्थित अनि मेडिकल मोड़का स्थानिय गणमान्य व्यक्तिहरूलाई निमन्त्रणा गरिएको थियो। 2 बजे देखि पूज्य संत श्री अखिलेश बाईजीले दिप प्रज्जवलन गरि कार्यक्रमको शुआरम्भ गरे। समितिका भजन कलाकारद्वारा सुमघुर भजन प्रस्तुत गरे। अखिलेश बाईजी भक्तहरूलाई सम्झाउदै भने कि परम पूज्य माता श्री अमृता जी दिन-रात, सुख-दुख आदिलाई ध्यान नगरि अध्यात्म ज्ञानको प्रचार-प्रसारमा श्री सतपाल महाराजलाई साथ दिईरहनु भएको छ। महात्मा श्री तरकेश्वरानन्दजी बताए कि साँचो सद्गुरू देखि आत्मज्ञान प्राप्त गरेर भगवानको अविनाशी नामको भजन-सुमिरणद्वारा आफ्नो आत्माको उद्धार गर्नु पर्छ भन्ने विषयमा प्रकाश पारे। प्रेस विज्ञप्ति- मेघनाथ छेत्री र श्याम रतन साहु सिलगढ़ी

Related Photos




Leave comment