CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:36AM


यस्तो मन्दिर, जहाँ भक्तजनलाई प्रसादको साटो सुनचाँदी दिइन्छ

post_image
मन्दिरमा भगवानको दर्शन गरिसकेपछि भक्तजनलाई फूल-प्रसादको साटो सुनचाँदी दिनुलाई राखिको दृश्य

मध्यप्रदेश16- फरवरी- मन्दिरमा भगवानको दर्शन गरिसकेपछि भक्तजनलाई फूल तथा प्रसाद दिन्छन् पुजारीहरु। तर भारतमा एउटा यस्तो मन्दिर छ जहाँ भक्तजनलाई फूल तथा प्रसादको साटो सुनचाँदीका गहना दिइन्छ। हो, मध्यप्रदेशस्थित रतलाममा रहेको महालक्ष्मीको मन्दिर सायद दुनियाको एउटा मात्र यस्तो मन्दिर हो जहाँ प्रसादको रुपमा दर्शनार्थीले सुनचाँदीका गहना पाउँछन्। वर्षमा केही दिन उक्त मन्दिरमा कुबेरको दरबार लाग्छ । त्यस समयमा भक्तजनलाई प्रसादको रुपमा सुन तथा चाँदीका गहनाका साथै नगद समेत दिने परम्परा छ। वर्षका अरु दिनहरुमा ठूलो संख्यामा आउने भक्तजनले उक्त मन्दिरमा प्रसस्त मात्रामा सुनचाँदी तथा भेटी चढाएका हुन्छन्। दिपावली लगायतका पर्वका बेला त मन्दिरमा निकै धेरै सुन भक्तजनले चढाएका हुन्छन् र महालक्ष्मीलाई खुबै श्रृंगारिएको हुन्छ। सोही सुनचाँदी र धनमध्येको केही हिस्सा कुबेर दरबारको पर्व लागेको बेला भक्तजनलाई प्रसादको रुपमा दिने गरिन्छ। एजेन्सी




Leave comment