CDONETWORK

  Thursday , December 3 , 2020 9:20AM


सदगुरुदेव श्री सतपालजी महाराजजीको ६८औ पावन जन्मोत्सव उपलक्ष्यमा फल अनि जूस वितरण

post_image
श्री सतपालजी महाराजजीको ६८औ पावन जन्मोत्सव पालन

जोरथांग २१ सेप्टेम्बर-मानव उत्थान सेवा समिति पश्चिम सिक्किम दरामदिन/जोरथांग तहसीलद्वारा मानव उत्थान सेवा समिति तथा मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजजीको ६८औ पावन जन्मोत्सवको उपलक्ष्यमा जोरथांगको कमूनिटी स्वास्थ्य केन्द्रमा दरामदिन/जोरथांग तहसील प्रभारी महात्मा सुमति बाईजी तथा सह-प्रभारी महात्मा अणिमा बाईजीको बिसेष उपस्थितिमा बिमारीहरुलाई फल तथा जूस बितरण गरे।वहाँहरुले बीमारीहरुलाई चाड़ै स्वास्थ्य लाभको निम्तिपनि कामना गरे।मानव उत्थान सेवा समिति दरामदिन/जोरथांग तहसीलले समय समयमा यस्ता सामाजिक कार्यक्रम गर्दै आईरहेछ।

सिक्किम,दार्जीलिंग,तराई,डुवर्स तथा भूटानमा मानव धर्म प्रचार प्रसार ५० वर्ष पूरा भएको उपलक्ष्यमा उत्तरपुर्वांचल क्षेत्रले यो २०१९ वर्षलाई स्वर्ण जयंतिको रुपमा मनाईरहेछ।यहीं बिशेषतालाई ध्यानमा राखेर उत्तरपुर्वांचल क्षेत्रले बिभिन्न सामाजिक तथा आध्यात्मिक कार्यक्रम शाखा स्तरदेखि लिएर,तहसील,जिल्ला,राज्य तथा केंद्रीय स्तरसम्म गरिरहेछ।यो स्वर्ण जयंतिलाई सफल बनाउन संत-महात्मा लगायत कार्यकर्ता र प्रेमी भक्तजन दिन रात लागि परेका छन्।जोरथांग स्वास्थ्य केन्द्रका प्रभारी डॉ ए एस सुब्बाद्वारा मानव उत्थान सेवा समिति जोरथांग तहसील लाई यस्तो कार्यको निम्ति बिसेष धन्यबाद दिए।यो भन्दा अघि पनि समितिले कहिले सफाई अभियान,रक्तदान शिविर जस्ता बहुमूल्य कार्यक्रम गर्दै आईरहेको खुसी मा संत-महात्मा लगायत कार्यकर्ता प्रति कृतज्ञता प्रकट गरे।





Leave comment