CDONETWORK

  Sunday , July 5 , 2020 3:21PM


सूर्यलाई अर्घ दिँदै छठको बिदाइ

post_image
छठ महापर्व मनाउँदै गरिएको तस्बिर
सिलगढ़ी 3 नोभेम्बर-उषाकालीन सूर्यलाई अर्घ दिई 4 दिवसीय छठ महापर्व आइतबार सम्पन्न भएको छ । झन्डै 36 घण्टादेखि निराहार व्रतालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी तथा सूर्य कथा सुनेर अन्नजल ग्रहण गर्छन् । गत बिहीबार नहाय–खायसँगै पर्व सुरु भएको हो । व्रतालुसँगै अन्य श्रद्धालुले पनि उदाउँदो सूर्यलाई नमस्कार गरी प्रसाद ग्रहण गरे । यो पर्व निष्ठा पूर्वक मनाइने भएकाले युवालाई अनुशासनमा बाँध्न सहयोग पुर्‍याएको स्थानीय बताउँछन् । सुस्वास्थ्य, दीर्घ जीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुखका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिन छठ मान्ने चलन छ।









Related Photos




Leave comment