CDONETWORK

  Thursday , September 24 , 2020 2:02PM


खेम्पो रिन्छेनलाई गोपालधारामा भव्य स्वागत

post_image
ग्रामवासीहरू र स्थानिय बौद्ध सम्प्रदायका लामाहरूले उनको भव्य स्वागत गर्दै

मिरिक 4 दिसम्बर- चार बर्षको लामो प्रवासकालमा मैसुरमा आफ्नो तीन "बर्षे गुप्तवास सिद्याएर पैतृतथलो गोपालधारामा गृह प्रवेश गर्दा खेम्पो रिन्छेनलाई यहाँ परिवारका सदस्यहरू, आफन्तजन र ईष्टमित्रहरू सहित ग्रामवासीहरू र स्थानिय बौद्ध सम्प्रदायका लामाहरूले उनको भव्य स्वागत जनाए । गोपालधाराका लामा हर्कसिँग योञ्जनका कान्छो सुपुत्र रिन्छेन सानै उमेरदेखि धर्ममा रुची राख्ने भएकोले उनका आपा लामा हर्कसिंग योञ्जनले उनलाई मैसुरको 1980 सालमा परम पावन पूज्यनिय गुरु पेनोर रिम्पोर्चेको बौद्ध धर्म अध्ययन केन्द्र नामड्रोलिङ मैसुर पठाए ।यहाँबाट उनले 2003सालमा परम पावन पूज्यनिय गुरु पेनोर रिम्पोर्चेको बाहुलीबाट खेम्पो (विद्यावारिधी)को उपाधी प्राप्त गरे । नामड्रोलिङ मैसुरबाट तामङ सम्प्रदायमा खेम्पोको उपाधी पाउने उनीनै प्रथम तामङ हुन् । खेम्पो भएर आएपछि रिन्छेनले कालेबुङ साङदोपारी दुर्पिन गुम्बामाधेरै बर्ष अध्यापन गर्नुभयो । 

यसरी साङ ताकतेलिङ तामङ गुम्बा कालेबुङमा अनि पाल्युनझ्याङछुयेल गुम्बा, अरुणाचल प्रदेशमा पनि अध्यापन गर्नुभयो। यसरी उनले 2017 सालमा फेरि नामड्रोलिङ मैसुरमा तीन बर्ष तीन महिना तीन दिनको लोसुम ढेसुमको एकान्त गुप्तवासको अध्ययन गर्नुभएर 2019मा गुप्तवासबाट निस्कनुभएको हो । खेम्पो रिन्छेनले बौद्ध सम्प्रदायको अभिषेकहरूमा प्रमुख रुपले गुरु पेनोर रिम्पोर्चेको सान्निध्यमा कामा र तेर्माको सम्पूर्ण आरगम, अधिगम, प्राप्त गर्नुभयो। यसरी नै परम पावन जिग्मे फुन्चोक त्रोशुलखे रिम्पोचेबाट निङतिकको गम्भीर साधना , अभिषेक र अधिगमहरू प्राप्त गर्नुभयो अनि गृयातन्त्रको गम्भीर साधना छिकसुमनेदेक जस्ता छोइहरू प्राप्त गर्नुभयो। यसरी नै उनलेअनान्य वरिष्ठ रिम्पोर्चेहरूबाट विभिन्न महत्वपूर्ण विषयहरूको अध्ययन पनि गर्नुभएपछि नालन्दा त्रिपिटकको आगम र अधिगम ज्ञान पनि प्राप्त गर्नुभयो। स्थानिय क्षेत्रका बौद्धधर्म सम्प्रदायका अनुयायीहरूले उनको यति विघ्न ज्ञान ध्यान र साधनाको प्रशंसा गर्दै गोपालधारा सात माइलको टासी दोङाग छ्योलिङ गोम्पाका लामाहरू र धर्मभीरु अनि अखिल भारतीय तामङ बुद्धिष्ट संगठनका वरिष्ठ सदस्यहरू, अन्तर्राष्ट्रिय तामङ बौद्ध संगठनका मूल सचिव मी योञ्जन लगायतले खेम्पो रिन्छेनलाई स्वागत जनाउँदै यो तामङ सम्प्रदायहरूले गर्वबोध गर्नुपर्ने विषय हो भनेका छन् । 

अर्कोतिर खेम्पो जोक्छेनले पनि खेम्पो रिन्छेनलाई स्वागत जनाउँदै पाल्युल साम्तेन टासी छोइलिङ गोम्पा को तर्फबाट अभिनन्दन गर्नुभयो । खेम्पो जोक्छेन र मी योञ्जनको रिन्छेनले बौद्ध परम्परा अनुसार गृह प्रवेश गराएका थिए । यता खेम्पो रिन्छेनका ठूल्दाई बुद्ध तामङले रिन्छेनले आपा हर्कसिङ योञ्जनको सपनालाई पुरा गरेर बौद्ध धर्मको यति ठूलो उपाधी प्राप्त गरेकोमा आपाको आत्मा पनि प्रसन्न भएको अनुभव गरेको छु भने। परिवारमा रिन्छेनकी दिदी मन्दिराले आँखामा खुशीको आँसु चुहाउँदै चार बर्षपछि भाईले गृह प्रवेश गरेकोमा मन प्रसन्न भएको छ भन्दै आज आपा भएको भए उनको हृदय कति प्रसन्न हुन्थ्यो होला भनिन् । उल्लेखनिय छ लामा हर्कसिग योञ्जन यस क्षेत्रका विद्वान ज्योतिषी लामा थिए। उनको निधन डेड़ बर्ष अघि भएको थियो। आपाको निधनमा खेम्पो रिन्छेन गुप्तवासमा बसेको हुनाले आउन सकेका थिएनन् । गृह प्रवेशमा आपाले राखेका ठेलीका ठेली बौद्ध धर्म ग्रन्थहरू, ज्योतिषका पुस्तकहरू हेरेर भावविह्वल बनेका थिए। नेपाली साहित्यका वरिष्ठ लेखक माधव बुढ़ाथोकीले खेम्पो रिन्छेनले बौद्ध सम्प्रदायको यति बृहत अध्ययनपुरा गरेकोमा समस्त तामङ समाज मात्र नभएर नेपाली जातिको गौरव भएको कुरो स्वीकार गरेका छन् । अनि सम्पूर्ण समाजलेउनीबाट धेरै कुरा जान्न पाउनेछन् भन्ने आशा पनि गरेका छन् ।


Related Photos



very informative


Leave comment