CDONETWORK

  Thursday , December 3 , 2020 10:44AM


बिज्ञान अनि अध्यात्मको समन्वयमा आधारित युवा सचेतना कार्यक्रम समपन्न

post_image
बिज्ञान अनि अध्यात्मको समन्वयमा आधारित युवा सचेतना कार्यक्रममा उपस्थित विद्यार्थी

गोरुबथान 9 जनवरी- मानव उत्थान सेवा समिति (MUSS) युवा प्रकोष्ट गोरुबथानको आयोजनामा युद्धबीर उच्चतर माध्यमिक बिधालयको अडिटरियम हलमा बिज्ञान अनि अध्यात्मको समन्वयमा आधारित युवा सचेतना कार्यक्रमको आयोजना भयो ।उक्त कार्यक्रमका सभापति शिक्षक देवान बस्नेतले गरेको थियो भने प्रमुख अतिथि युद्धबीर उच्चतर माध्यमिक बिधालयका सह-शिक्षक बसन्त गुरुङ थिए भने बिशिस्ट अतिथि अनि अतिथिहरुमा क्रमैले शिक्षकहरु प्रेमकुमार मुखिया, आन्नद छेत्री, अरुणकुमार कुमार राई, सुरेश चौधरी, राेहित शर्मा, बिशाल गुरुङ, बिपेन्द्र राई पत्रकार योगेश राई बाछाना, महेश्वर प्रधान, रोमन छेत्री बिशेष रुपमा उपस्थित थिए भने सभापति, मुख्य अतिथि, बिशिस्ट अतिथिहरुकाे बाुलीबाट राष्ट्रिय पिता महात्मा गाँधीको तस्बिर अघि द्वीप प्रज्जवलन गरेर शुभाराम्भ गरिएको कार्यक्रममा स्वागत बिचार Bindya Gurungले राखेकी थिए । यस कार्यक्रममा मुख्य वक्ताको रुपमा दिल्लीबाट आउनु भएका जयप्रकाश अग्रवाल थिए भने Co- speaker को रुपमा काठमाडौं नेपालबाट उत्तम गिरी थिए । यस कार्यक्रममा मानव उत्थान सेवा समिति गोरुबथानका भक्तजन लगायत, समाज सेवक, युद्धबीर उच्चतर माध्यमिक बिधालयका बिधार्थी लगायत गाेरुबथाज डिग्री कलेजका बिधार्थीहरुको बाक्लो उपस्थित थियो, कार्यक्रम एकदमै गहकिलो कार्यक्रम रहेको थियो । कार्यक्रम संञ्चालान राजीब प्रधानले गरेका थिए भने यस कार्यक्रमका संयोजक पनि राजीब प्रधाननै रहेका थिए ।


Related Photos




Leave comment