CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:45AM


खपरैल गायत्री परिवारद्वारा विश्व शान्ति एकता-अखण्डता महायज्ञ सम्पन्न

post_image

19 जनवरी सिलगढ़ी – आगामी दिनांक 18 जनवरीको दिन दिव्य कलश यात्राको साथमा खपरैल सैनिकपूरी स्थित गायत्री माता मन्दिरमा चार दिवसीय महायज्ञको शुभारम्भ भयो। शक्ति पिठ हरिद्वार शान्ति कुञ्ज (हरिद्वार) बाट आउनु भएको पण्डितजीद्वारा सञ्चालन हुने उक्त कार्यक्रम विश्व शान्ति एवं एकता अखण्डताको निम्ति शुरू गरिएको हो। चार दिन सम्म हुने उक्त कार्यक्रममा संगितमय प्रवचनको साथ साथै नौ कुण्डी महायज्ञ पूर्ण बैदिक परम्पराको साथ सम्पन्न हुने छ। यस पुण्य कार्यक्रममा खपरैल सैनिकपुरी एवं सिलगुढ़ी, बागडोग्रा, जलपाईगुड़ी, दार्जीलिङ, अनि बिहारबाट पनि भक्तजनहरू आई रहेका छन्।

नपोनिष्ट युग पुरूष पण्डित श्री राम शर्मा आर्चय द्वारा शुरू गरिएको गायत्री परिवारको प्रागणमा आज अखिल विश्व गायत्री परिवार नामले विश्व विख्यात भएको छ। यस संस्थाको उद्देश्य नै हो विश्व शान्ति एवं कल्याण हेतु विभिन्न कार्यक्रमहरूको आयोजन गर्नु हो। यस महायज्ञमा वेद मन्त्रहरूको सामुहिक उच्चारण द्वारा तन - मन शुद्दि करणको साथ वातावरण पनि शान्त एवं शुद्ध गरिन्छ। जीवन योग हो भोग होइन अब योगी कसरी बन्न सकिन्छ भन्ने मार्ग दर्शन दिन यस कार्यक्रमले जनाउँछ। यस महायज्ञको कार्यक्रम 20 अनि 21 जनवरी 2017 दुई दिन मात्र रहेको प्रचारण एवं संस्थाका सचिवद्वरा जनकारी गराएका छन्। अन्तमा सम्पूर्ण भगवत भक्तलाई यस पूण्य महायज्ञमा आमन्त्रित गरिन्छ।

Related Photos




Leave comment