CDOLIVE.IN

  Monday , September 25 , 2017 11:31AM


टिस्टा भेलीमा देवी पुराण सम्पन्न

post_image
टिस्टा भेली क्षेत्रमा देवी पुराण कार्यक्रम

टिस्टा भेली 5 अप्रैल -टिस्टा भेली क्षेत्रमा देवी पुराण श्रदालु भक्तजनलाई पुराण आयोजक समितिको तर्फबाट हार्दिक निमन्त्रण गर्छौ। पुराण आयोजक कमिटिद्वारा मावन उत्थान सेवा समिति, टिस्ट भेली शाखालाई निमन्त्रणा गरेका छन्। यसै निमन्त्रणालाई स्वकार गर्दै टिस्टा भेली शाखाका तहसिल प्रभारी मा0 मुकुन बाईद्वारा देवी पुराणका कथा वाचक श्री भानु अधिकारी, साथै सबै गुरूजनहरू साथै समितिका कार्यकर्ता श्री संजय लामा, श्री एन.बी. राईलाई पनि खदाद्वारा स्वागत गर्दै उपहार पनि प्रदान गरे। केहि समय अघि मानव उत्थान सेवा समितिका प्रणेता श्री सतपाल महाराज एवं राज राजश्वरी माताजीले 1998 मा टिस्टा भेलीमा भ्रमणको निम्ति आउनु भएको समयमा यस देवी मन्दिर निर्माण गर्ने आज्ञा दिनु भएको थियो। यसै कालदेखि यस मन्दिरमा देवी पुजा भइरहेको गाउँवासीले वताएका छन्। यसै मन्दिरको प्रगानमा देवी पुराण भईरहेको छ। साथै मातृ दिवसको उपलक्ष्यमा मानव उत्थान सेवा समितिका सन्त महात्मगणले 6 जना वृद्धा महिला श्रीमती दिलमाया छेत्री, श्रीमती रेनु थापा, श्रीमती रेनुका छेत्री, श्रीमती फुलमाया दियाली, श्रीमती दिलमाया छेत्री र श्रीमती पदमा लिम्बुलाई साल ओड़ाएर सम्मान जनाए। विविध प्रकारका आध्यात्मिक तथा संगीतमय भजन गायन गोबिन शर्मा, शंकर शर्मा, रूवेन सुब्बा, अनि बालगायन अस्वानी श्रर्माको सुमधुर स्वरले भक्तजनहरूलाई मोहित बनाएका थिए। टिस्टा भेली क्षेत्रका मानव उत्थान सेवा समितिका सदस्यहरूले पुराणमा आएका श्रदालु भक्तहरूलाई भण्डारा पनि वितरण गरे। प्रवित छेत्री, टिस्टा भेली।

Related Photos




Leave comment