CDOLIVE.IN

  Monday , September 25 , 2017 11:29AM


प्रगतिशील एवं बालकृष्ण संघद्वारा श्री गणेश महापुराण सप्ताह ज्ञान यज्ञ सम्पन्न

post_image
श्री श्री गणेश महापुराण सप्ताह ज्ञान महायज्ञमा श्रद्धालु भक्तजन

सिलगढ़ी 21 अप्रैल- बालकृष्ण संघको तत्वाधानमा साथै नारी प्रकोष्ठ – प्रगतिशील नारी सेवा समतिद्वारा श्री श्री गणेश महापुराण सप्ताह संगीतमय ज्ञान महायज्ञ 21 अप्रैल देखि 27 अप्रैल सम्म हुने छ। विहान पूजा अर्चना गरे पछि कलश यात्रा सम्पन्न भएको छ। कलश यात्रामा श्रद्धालु भक्तजनले बिहान देखिनै कलश यात्रामा भाग लिए। यस गणेश महापुराण सप्ताह संगीतमय ज्ञान महायज्ञ स्थान भोटे मैदान डा0 पारमणी रोड बम्कीमनगर वार्ड न0 41 सिलगढ़ी अन्तर्गत यस मैदान शुरू भएको छ। आयोजक समितिको तर्फबाट सम्पुर्ण श्रद्धालु भक्तजनलाई सादर आमन्त्र गरेका छन्। बिहान 730 बजी देखि 9 बजेसम्म प्रवचन र संगीतमय भजन कार्यक्रम रात्रीको समयमा लाख बत्ती प्रज्जवलन संगीतमय भजन हुनेछ। प्रत्येक दिन दिउँसो 2 बजी देखि झाँकी अनि रात्री समयमा पनि झाँकी रहने छ। श्री गणेश महापुराण सप्ताह ज्ञान महायज्ञका कथाव्यास पण्डित घनश्याम शास्त्री, पंण्डित दिवाकर शास्त्री, पण्डित बासुदेव बिशष्ठ साथै भजन गायक श्री गोपाल बिशष्ठ छन्। 27 अप्रैल 2017को हवन यज्ञ हुने आयोजक समितिले जानकारी दिएका छन्।

Related Photos




Leave comment