27 अप्रैल- आजको युग मा युथहरुप्रति महापुरुषको दृष्टि परेको छ , कृपाको पात्र बन्ने अवसर छ। तर अभिभावकहरुको गल्ती हुँदैछ । उनिहरुआफै सँस्कार सँस्कृति बिहिन भइसकेका छन भने उनिहरुले आफ्नो छोरा छोरीहरुलाई के दिन सक्छन र? सर्बप्रथम त माता- पिताहरुनै शुसील , सु-सँस्कृत; सु- सँस्कारले भरिएको हुनुपर्छ। अरुलाई धेरै दिन चाहन्छन भने आफुसितपनि धेरै हुनपर्छ। युथ भाई- बहिनीहरुले जुन किताबीशिक्षा पाएकाछन त्यो जीवनको लागि यथेष्ट छैन। किताबकोज्ञानहरुले नौकरी गर्न पैसा कमाउनु सकिन्छ तर शिक्षित बन्न सकिँदैन। शिक्षित युवाहरु तिनीहरु हुन जसले आफुलाई जनशिक्षाको मार्गमा समर्पित गरेका हुन्छन। किताबमा सँस्कार र सँस्कृतिको वर्णन गरेको ले आफु उस्तै बनिन सकिँदैन। सँस्कार र सँस्कृति भनेको धन सम्पतिसित तुलनाहुन नसक्ने वस्तु हो। बिद्वान हुनु सजिलो छ तर ज्ञानीहुनु कठिन छ। शिक्षा यस्तो ज्योति हो जसलाइ बाहिरहोइन हृदयभित्र जलाईन्छ । शिक्षा ले शिक्षित बनाउन सक्छभने शिक्षित ब्यक्ति स्वार्थ अहँभावना जात -पात क्रोध ईर्षादेखि माथि उठेको हुनुपर्छ। आज शिक्षित युथहरुनै राष्ट्रमा देशबिरोधी किन बन्दैछन? आज युथहरुनै संविधान र कानुनको बिरोधी किन बन्दैछन? आज युथहरुनै असामाजिक तत्वको रुपमा कुकर्ममा फँसीरहेका छन। महिलाहरुको मान सम्मानको हननगर्नमा शिक्षित युथहरुनै किन लागेका छन? माता पिताको हत्या समेत गर्नमा लागेको देखिन्छ। यसको कारण पत्तो लगाउदै जाँदा के पाइन्छ भने - ती अभिभावकहरुले आफ्ना पुत्र पुत्री सन्तानलाई शिक्षा मात्र दिए तर सु- सँस्कार र सु- सँस्कृति दिन सकेनन। भाग दुई मा---------- रहल।। जे एन छेत्री नोरबस्ती बिजनबारी।