CDOLIVE.IN

  Monday , September 25 , 2017 11:29AM


माउसेस, मिरिक तहसिलको सांगठनिक सभा सम्पन्न

post_image
उत्तर पूर्बाञ्चल क्षेत्रका अध्यक्ष महात्मा अखिलेश बाईले सम्बोधन गर्नु हुन्दै

छब्बिसे 4 जून- मानव उत्थान सेवा समिति उत्तर पूर्बाञ्चल क्षेत्रका अध्यक्ष महात्मा अखिलेश बाई, उपाध्यक्ष प्रकाश हाङखिम मूल सचिव नृग लामा अनि सल्लाहकार लछुमन राई, मानव सेवा दल प्रान्तपाल दिपक राईले आज समितिको मिरिक तहसिल भ्रमण गरे अनि मिरिक तहसिलको मूल कार्यालय सियोकको छब्बिसेस्थित हंस वेला मन्दिरमा तहसिलका सोह्र वटा शाखाहरूलाई लिएर सांगठनिक सभा गरे , जहाँ शुरुमा दीप प्रज्ज्वलन अनि खदा अर्पण पछि सोह्र वटा शाखाहरू क्रमैले सियोक छब्बिसे, सियोक डाँड़ा गाउँ, लोअर सियोक, जंगबीर धुरा, नारायण गाउँ , गोपालधारा, मिरिक, पुटुङ, परमागड़ी, मीम, पेम्बोङ, तामसाङ, चामुङ, सेलिम्बोङ, मगरजुङ र नागरी शाखाहरूका सचिवहरूले आआफ्ना शाखाका प्रगति रिपोर्ट र समस्याहरू पेश गरे । 

यो प्रगति रिपोर्टमाथि मानव सेवा दलका प्रान्तपाल दिपक राई, पूर्व मूल सचिव लछुमन राई, उपाध्यक्ष प्रकाश हाङखिम, समितिका मूल सचिव नृग लामा, मिरिक तहसिल अध्यक्ष महात्मा देविका बाई अनि उपूक्षेत्र अध्यक्ष महात्मा अखिलेश बाईले समीक्षात्मक बक्तव्यहरू दिए । छ घन्टा लामो सांगठनिक सभामा कार्यकर्त्ताहरूलाई बक्ताहरूले विविध विषयमाथि जानकारीहरू गराए, जसमा समितिका शाखा कार्यकर्त्ताहरूको जिम्मेवारी, मानव सेवा दलको अनुशासन, युवा दल र वाल सभाको औचित्य आदिमाथि चर्चाहरू भए। कार्यक्रममा प्रान्तपाल दिपक राईको संचालनमा हिजदेखि मिरिक तहसिलका मानव सेवा दलका स्वयंसेवकहरूको शिविर पनि आयोजन गरिएको थियो। उल्लेखनीय छ विगत जनवरी महिनामा मानव उत्थान सेवा समितिको नयाँ कार्यकारिणी गठन भएदेखि भुटान, जलपाईगड़ी (डुवर्स), दार्जीलिङ अनि सिक्किमका बहत्तर वटा तहसिलहरूमा सागठनिक सभाहरू चलिरहेको छ । 

यस अघि भुटान र डुवर्सका तहसिलहरूमा मानव सेवा दल र माउसेसको सांगठनिक सभाहरू भैसकेका छन् आज मिरिक तहसिलको सभापछि पाँच जुनमा सिलगड़ीको सांठनिक सभा हुनेछ जसमा सालुगाड़ाको मानव धर्म आश्रम परिसरमा बृक्षारोपनका साथ सिलगड़ी तहसिल अन्तर्गतका शाखाहरूको सागठनिक सभा हुनेछ अनि नौ तारिक जुनदेखि सिक्किमका तहसिलहरूको सभा भएर पच्चिस तारिक जुनमा गान्तोकमा सिक्किम राज्य स्तरीय सभा हुने जानकारी मूल सचिव नृग लामाले दिएका छन् । लामाले दिएको जानकारी अनुसार यो संगसंगै सालुगाड़ाको मानव धर्म आश्रममा विविध प्रकारको सेवा कार्यको निम्ति पनि तहसिलहरूले नियमित सेवा पु-याइरहेका छन् अनि जुन महिनाभरि भुटानले, अगस्त महिनादेखि सेप्टेम्बर सम्म दार्जीलिङले अक्टोबर र नोभेम्बरमा सिक्किमका स्वयंसेवकहरूले सेवाको कार्य निभाउने भएको जनाएका छन् । नृग लामाले दिएको जानकारीमा जुन महिनाको अन्तिम सातादेखि समितिको सांस्कृतिक विभागको आयोजनामा टिस्टा सुनकोश भजन आइडल सिजन थ्री अनि टिस्टा सुनकोश वाल प्रतिभाको खोज सिजन टु पनि शुरु गरिने भएको छ, जसमा नेपाली र साद्री भाषामा भजन गायन प्रतियोगिता रहनेछ । कार्यक्रमको संचालन मानव उत्थान सेवा समिति मिरिक तहसिल सचिव रोहित प्रधानले गरेका थिए। प्रेषक – माधव बुढ़ाथोकी प्रचार प्रसार सचिव माउसेस, उत्तर पूर्बाञ्चल क्षेत्र।




Leave comment