सिलगढी 6 अगस्त- सोमवार शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण लाग्दै छ। 1 घण्टा 50 मिनेटसम्म लाग्ने यो ग्रहण राति 11 बजेर 7 मिनेटमा शुरू हुने छ भने मध्यराति 12 बजेर 37 मिनेटमा समाप्त हुने छ।
चन्द्रमामा पृथ्वीको छाया परेको बेला ग्रहण लाग्ने गर्दछ। जब पृथ्वी चन्द्रमा र सुर्यको विचमा आउँछ अनि पृथ्वीको छायाले चन्द्रमाको सवै वा आधा भाग कालो हुन्छ।
चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्दा आंशिक चन्द्र ग्रहण देखिन्छ। जब यो छायाको मध्यमा आउँछ अनि पूर्ण ग्रहण हुन्छ। चन्द्र ग्रहण पूर्णिमामा मात्र लाग्छ।
यो ग्रहणले कुनै–कुनै राशिलाई नराम्रो प्रभावपनि पार्ने गर्छ भने कसैलाई यसको राम्रो असर पर्ने बताइन्छ।
यो खण्डग्रास चन्द्रग्रहण श्रवण नक्षत्र र मकर राशि भएका मानिसका लागि कष्टप्रद। त्यसैले यो राशि र नक्षत्र भएका मानिसले जप, दान गर्नु हितकर हुन्छ।