CDOLIVE.IN

  Sunday , December 16 , 2018 11:20PM


मानव धर्मका गुरु श्री सतपालजी महाराजको जन्मोत्सवमा एक हजार भन्दा बढीले गरे रक्तदान

post_image
सद्गूरुदेव सतपालजी महाराजको 67 औं जन्मोत्सव समारोहमा अतिथिज्यूले दिपप्रज्जवलन गर्दै

काठमाण्डु 23 सेप्टेम्बर-मानव धर्मका प्रणेता सद्गूरुदेव सतपालजी महाराजको 67 औं जन्मोत्सव समारोह देशका 67 आश्रमका 18 शहरमा भव्य रुपमा सम्पन्न भएको छ। सोहि अवसरमा 1028 जनाले रक्तदान गरेका छन । हरेक बर्ष संस्थाको मुख्य पर्वको रुपमा मनाइदै आएको समारोह यस बर्ष पनि ठुलै रौनकका साथ मनाइएको छ। साथै अन्तर्राष्ट्रिय विश्व शान्ति दिवसको अवसरमा विभिन्न झाँकी सहित काठमाडौंमा वृहत शोभायात्रा पनि गरिएको छ । समारोहको उद्घाटन गर्र्दै सिचाई मन्त्री संजय कुमार गौतमले धर्म, संस्कृति हाम्रो धरोहर भएकोले यसको संरक्षण र सम्बर्दन गर्नु हाम्रो कर्तव्य भएको बताउनु भयो। हिन्दु धर्म र हिन्दु राष्ट्र फरक विषय भएको र हिन्दु राष्ट्र हाम्रो पहिचान र गौरवको कुरा भएको र हिन्दु राष्ट्र भित्र सबै भाषा, धर्म र सस्कृतिको आस्था राख्ने समुदाय अनुकुल सबैको सम्मान र स्वतन्त्रता रहेको समेत बताउनु भयो। नेपाल मानव धर्म सेवा समितिले स्थापनाको 50 औं बर्षको अवसरमा गत बर्ष हेटौडामा स्वर्ण जयन्ती मनाएको थियो। समितिले आत्मज्ञानको प्रचार, सत्संग प्रवचनका साथै सामाजिक कार्यहरु रक्तदान, गरिब, असहाय र पिछडिएका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, वृहत सरसफाई तथा सामाजिक तथा व्यक्तित्व विकास सम्बन्धि उत्प्रेरणा मुलक कार्यक्रम गर्दै आएको छ।

Related Photos




Leave comment