CDOLIVE.IN

  Wednesday , February 21 , 2018 4:25PM


माउसेस मिरिक तहसिलको सभा सम्पन्न

post_image
मिरिक तहसिलको बर्ष 2018 को पहिलो त्रैमासिक संयुक्त सभा

मिरिक 14 जनवरी-मानव उत्थान सेवा समिति, मानव सेवा दल र युवा संगठन मिरिक तहसिलको बर्ष 2018 को पहिलो त्रैमासिक संयुक्त सभा आज यहाँको छब्बिसेस्थित हंस वेला मन्दिरमा तहसिल प्रभारी महात्मा देविका वाईजीको अध्यक्षतामा सम्पन्न भयो । भर्खरै सिलगड़ीको सद्भावना सम्मेलन सफलता पूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सबै भगवद्भक्तहरूको अथक प्रयास र भक्ति भावनाले श्रीगुरुमहाराजजी प्रसन्न भएको चर्चा गरियो। अनि सम्मेलन सेवामा मिरिक तहसिलले दोस्रो स्थान प्राप्त गरेकोमा सबै कार्यकर्ता र भगवद्भक्तहरूलाई धन्यवाद दिइयो । सभामा युवा संयोजक मनिष राई, वालसभा संयोजक रजनी सिन्चिउरी, मानव सेवा दल मिरिक टोली नायक विशाल राई ले सांगठनिक विषयमाथि आआफ्ना विचारहरू राखे ।

मानव उत्थान सेवा समिति उत्तर पूर्बाञ्चल उपाध्यक्ष प्रकाश हाङखिमले सेवा अनि भक्तिमाथि सारगर्भित बक्तव्य दिए । कार्यक्रमको अध्यक्ष महात्मा देविका बाईजीले मानव जीवनमा भक्तिको उद्धेश्य प्रस्तुत गर्दै सेवा अनि सत्संगको माध्यमद्वारा जीवनको लक्ष्य पुरा हुने बताउँदै गुरुभक्तिको निम्ति आज्ञा नै सर्वोपरी हो भन्ने प्रेरणामूलक कुराहरू राखिन् । कार्यक्रमको संचालन गर्दै प्रवीण गजमेरले समितिको मिरिक तहसिलभरि बर्षभरि आयोजन हुने सत्रह वटा उत्सव र पर्वहरू विभिन्न शाखाहरूलाई जिम्मा दिइएको विस्तारपूर्वक सुनाए। यसै शिलशिलामा आगामी छब्बिस जनवरीको गणतंत्र दिवस साथै विभूजी महाराजको जन्म दिवस मगरजुङको राजराजेश्वरी कीर्ति धाममा भव्य रुपमा सम्पन्न हुने जानकारी गराइयो ।

यो अवसरमा मिरिक तहसिल स्तरीय शीतकालिन युवा दलको शिविर 24 र 25 जनवरीमा सम्पन्न हुने जानकारी गराइयो अनि प्रत्येक शाखाहरूबाट मानव सेवा दल र युवा दलका स्वयंसेवकहरू यो शिविरमा उपस्थित हुने जनाइयो । कार्यक्रममा मानव उत्थान सेवा समिति उत्तर पूर्बाञ्चलका सूचना तथा प्रचार सचिव माधव बुढ़ाथोकी, समितिका दार्जीलिङ जिल्ला प्रभारी ललित निरौला, मिरिक तहसिल एकका सचिव रोहित प्रधान अनि पूर्व तहसिल जगत देवसालीको पनि उपस्थिति रहेको थियो । कार्यक्रम शुरु हुन अघि माघे सक्रान्तीको अवसरमा तरुल पर्व पनि खुवै उल्लासका साथ मनाइएको थियो । कार्यक्रमको विवरण सूचना तथा प्रचार सचिव माधव बुढ़ाथोकीले दिएका हुन् । माधव बुढ़ाथोकी




Leave comment