CDOLIVE.IN

  Tuesday , November 20 , 2018 1:47PM


आध्यत्मिक साधना मानव जीवनको एकमात्र उद्धेश्य- साध्वी : अखिलेश बाईजी

post_image
तीनदिवसीय शीतकालीन युवा शिविर

जोरथाङ, 2 फरवरी- मानव उत्थान सेवा समिति, सिक्किम राज्य युवा प्रकोष्ठद्वारा आयोजित तीनदिवसीय शीतकालीन युवा शिविर 31 जनवरीको दिन समापन भयो। दक्षिण सिक्किमको जोरथाङमा अवस्थित मानव धर्म आश्रममा गत 29 जनवरीदेखि तीनदिवसीय शीतकालीन युवा शिविर आराम्भ भएको थियो। ये तीनदिवसीय युवा शिविरमा राज्यको चारै जिल्लाबाट डेढ़सय भन्दा अधिक युवाहरूले सहभागिता जनाएका थिए। तीनदिवसीय शिविर अवधि छिमेकी राष्ट्र भोटाङ र छिमेकी पहाड़ दार्जिलिङबाट निम्ताइएका विषयविद्हरू लगायत सन्महात्मागणद्वारा युवाहरूलाई सम्बोधन गरिएको थियो। युवा शिविरको समापन कार्यक्रममा मानव उत्थान सेवा समिति, उत्तरपूर्वाञ्चल क्षेत्रका प्रभारी साध्वी अखिलेश बाईजी, साध्वी ज्ञान बाईजी र डा0 जयप्रकाश अग्रवाल विशेष स्रोत वक्ता रहेका थिए। 

आफ्नो सम्बोधनको क्रममा डा0 जय प्रकाश अग्रवालले बीस वर्ष मुनिको युवावस्था अध्यात्म ज्ञानको अनुभूति गर्ने उत्कृष्ट उमेर रहेको बताए। विज्ञानको विकासले मानवलाई अत्याधुनिक सुख सुविधा दिइएता पनि आनन्द दिनु नसकेको बताउँदै डा0 अग्रवालले आत्मानुभूतिद्वारा मात्र आनन्दको अनुभव गर्नसक्ने आफ्नो सम्बोधनमा युवाहरूलाई बताए। मानव मस्तिष्कको दुवै पाटालाई सक्रिय बनाए मानव जीवन सफल भएर जाने बताउँदै डा0 अग्रवालले आध्यत्मिक साधनाले मात्र मानव मस्तिष्क शतप्रतिशत सक्रिय हुने सम्भव रहेको थप जानकारी गराए। आध्यात्मिक ध्यान साधनाले मानवको प्रत्येक कोषिकालाई सक्रीय बनाएर मानव शरीरलाई स्वस्थ साथै जीवनलाई आनन्दमय बनाउने बताउँदै डा0 अग्रवालले साँचो अध्यात्मिक गुरूबाट आध्यत्मिक दीक्षा लिनपर्ने बताए। साँचो गुरूको छनौट र पहिचानमा युवाहरू सदैव सतर्क र तर्कसंगत रहनपर्ने डा0 अग्रवालले युवाहरूलाई आह्वान गरे।

यसरी नै आफ्नो सम्बोधन राख्ने क्रममा साध्वी अखिलेश बाईजी र साध्वी ज्ञान बाईजीले सम्पूर्ण धर्मशास्त्रको निचोड़ नै आध्यतमिक साधना हो भन्दै युवाहरूले युवावस्थादेखि नै अध्यात्मिक साधनाको अभ्यासमा लाग्नपर्ने बताए। अध्यात्मिक साधनाको निम्ति कुनै उमेर नरहेको बताउँदै साध्वीगणले मानव जीवनको लक्ष्य नै अध्यात्मिक साधना रहेको युवाहरूलाई अवगत गराए। प्रजनन, परिवार पालन, शिक्षा, दुख सुखको अनुभव आदि भौतिक जीवन एउटा पशुले पनि यापन गर्छ तर आध्यत्मिक साधना सृष्टिका सरताज मानव जातिले मात्र गर्नसक्ने बताउँदै साध्वीगणले शिविरमा सहभागिता जनाएका युवाहरूलाई भौतिक साधनासँगै आध्यत्मिक साधना पनि एकसाथ गर्न आह्वान गरे। मानव शरीर नै ईश्वरद्वारा रचना गरिएको ईश्वरीय मठ, मन्दिर, मस्जिद र गिर्जा बताउँदै साध्वीगणले सम्बोधनको क्रममा शरीरलाई चलाउने श्वाँस रूपि आत्मा शक्तिको अध्यातमिक साधना नै मानव मात्रले जान्नपर्ने धर्म रहेको युवाहरूलाई अवगत गराए। जसले श्वाँस रूपि आत्मा शक्तिको साधऩा गर्छन उसले संसारभरको धर्म र मानव जातिमा फरक देख्दैनन् भन्दै विशेष स्रोतवक्ताका रूपमा उपस्थित रहेका साध्वी अखिलेश बाईजी र साध्वी ज्ञान बाईजीले ईश्वर र आनन्दको खोजीमा मानव शरीरमा नै गर्नपर्ने बताए। यो तीनदिवसीय शीतकालीन युवा शिविरको समापन कार्यक्रममा युवा कलाकारहरूद्वारा अध्यात्मले ओतप्रोत सांगीतिक प्रस्तुती दिइएका थिए भने जोथाङ बजारमा एउटा अध्यात्मकि शोभायात्रा पनि आयोजन गरिएको थियो।





Leave comment