CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:37AM


सरस्वती पूजाको महत्व

post_image
श्रद्धालु भक्तहरूले सरस्वती मातालाई पुजा अर्चना गर्दै

सिलगढ़ी 31 जनवरी - सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरूको, विशेष गरि मनुष्य योनिको रचना गरे। आफ्नो सृष्टिसित उनी खुशी थिएनन्। उनलाई केही कमी भएको भान हुन्थ्यो। जसको कारण चारतिर मौनता छाएकोथियो। विष्णुसित अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कंपन हुनथाल्यो। यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो। यो प्राकट्य एक चतुर्भुजी सुंदर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो। अरु दुई हातहरूमा पुस्तक र माला थिए। ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे। जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो। जलधारामा कोलाहल व्याप्त भयो। हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो। तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने। संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ। वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ। पुराणहरू अनुसार श्रीकृष्णले सरस्वती सित खुशी भएर उनलाई वरदान दिएका थिए कि वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ भारत र नेपाल का धेरै भागहरूमा वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पनि पूजा हुन शुरु भयो जो आजसम्म चलिरहेछ। यस सम्बन्धमा मिथक पुराणहरूमा यस्तो भेट्टाइन्छ- एकपटक ऋतुहरूका राजा वसन्त ऋतुको सम्मान कार्यक्रमको आयोजना अन्य पाँचौ ऋतु जम्मा भएर गर्ने विचार गरेछन्। यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादन गर्दै पाँचवटा ऋतुले आफ्नो ऋतु कालबाट आठ आठ दिन वसन्तलाई समर्पण गरेछन्। यसैले वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी हराभरा भएर लोकजीवनलाई आनन्दमय बनाउने भएकाले यही दिनदेखि वसन्त याम आएको हो भन्ने भनाइ छ। यसैले यो दिनलाई वसन्त पञ्चमीको नामले चिनिने मान्यता छ। हातको अघिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ। अतः यही कर्मवादी हातलाई ब्रह्माको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ। स्वर सङ्गीत ताल लयकी श्रोत स रे ग म प ध नि सं देखि नृत्यकला कार्यकुशलता ज्ञानकोभण्डार वास्तुकला शिल्पी प्रविधि हातको सीप गला र कलाकोआकर्षणको केन्द्र र निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीकाविभिन्न साधना र पूजाका विधान छन्। बौद्धधर्मीहरूले उनैलाई मञ्जुश्रीका नामलेचिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरम्भ गर्छन् भनेबुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन्। वाहन राजहंसले दूध रपानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचानको ज्ञान बुद्धि संयम र विवेकप्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोगगर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ। संस्कार सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वतीजयन्तीका दिन नाक कान छेड्नेदेखिअन्य उद्यमशीलताका कार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन। विद्यार्थीहरूघरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय महाविद्यालयवा आना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमाउनको उपासना गर्ने गर्छन्। धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कतिफोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्नेदहीघ्यू मह चिनी नैवेद्यहरू फलफूल मिठाई कपुर वस्त्र भेटी चन्दन अगरु शफ्बेल मूला लड्डु नरिवलआदि अर्पण गर्ने गर्छन्। उत्साह लगनशीलता र अथकप्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन्। सबैभन्दा उत्तमधन भनेको विद्या नै हो जसका धेरै प्रकार छन्। जसमध्ये चार वेद चार उपवेद सयौँवेदाङ्गहरू शिक्षा कल्प व्याकरण निरुक्त छन्द ज्योतिष मीमांसा न्याय धर्मशास्त्र अठार पुराण अठार उपपुराण पञ्चमवेद गान्धर्व वेद स्थापत्यवेद -वास्तुशास्त्र) र अर्थशास्त्रप्रमुख छन्। विद्या प्रकाश हो अविद्या अँध्यारो अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ। भक्ति रशक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ र यसको सदुपयोग हुन्छ। विद्याहीनव्यक्ति भाग्यबाट पनि टाढा रहन्छ। त्याग सेवा र समर्पणभाव नै विद्याका गहनाहरू हुन्।

Related Photos




Leave comment