CDOLIVE.IN

  Friday , September 22 , 2017 8:00AM


म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा

post_image
2–0 ले पराजित गर्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा

लन्डन 14 फरवरी- बर्नेमाउथलाई 2–0 ले पराजित गर्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। रहिम स्टार्लिङले 29 मिनेटमा र मिङ्सले 69 मिनेटमा गरेको आत्मघाती गोलका कारण सिटी सहजै विजयी भयो। ब्राजिली गार्बियल जेसस 14 मिनेटमा घाइते भएपछि अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरो मैदानमा प्रवेश गरेका थिए। अगुइरो लगातार तेस्रो खेलमा सिटीको नियमित टोलीमा स्थान बनाउन असफल भएका हुन्। जेससको घुँडामा समस्या देखिएपछि मैदान छोडेका थिए। सोमबार राती बर्नेमाउथको रंगशालामा आतिथ्य पाएको सिटी 25 खेलमा 52 अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको हो। शीर्षस्थानको चेल्सीभन्दा सिटी 8 अंकले पछाडि छ। टोटेनहाम र आर्सनल समान 50 अंकका साथ तेस्रो र चौथो स्थानमा छन्। रहिमको बर्नेमाउथविरूद्ध पाँचौ गोल थियो। बर्नेमाउथ हाल लिगको 14 स्थानमा छ। एजेन्सी




Leave comment