CDOLIVE.IN

  Wednesday , November 22 , 2017 8:28PM


बार्यन म्युनिखसँग आर्सनलको हार

post_image
बार्यन म्युनिख 5-1 को फराकिलो अन्तरले पराजित

सिलगढ़ी 16 फरवरी - च्याम्पियन्स लिग फुटबलमा आर्सनलले बार्यन म्युनिखसँग लज्जास्पद हार। नकआउट चरणको पहिलो लेगमा आर्सनल बार्यनसँग 5-1 ले पराजित भएको हो। यससँगै आर्सनलको च्याम्पियन्स लिगको यात्रा फेरि एक पटक अन्तिम 16 मै टुंगिने देखिएको छ। घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले 11 औं मिनेटमा आर्जेन रोबिनको गोलबाट अग्रता लिएको थियो । तर, 30 औं मिनेटमा एलेक्स सान्चेजले गोल गरे र पहिलो हाफ 1-1 को बराबरीमा सकियो। तर, दोस्रो हाफमा घरेलु टोली हावी भयो। 53 औं मिनेटमा रोबर्ट लेभान्डोस्कीले गोल गरे भने 56 र 63 औं मिनेटमा थिएगोले गोल गरे। निर्धारित 90 मिनेटको खेल सकिन २ मिनेट बाँकी छादा मुलरले गोल गरेपछि बार्यन म्युनिख 5-1 को फराकिलो अन्तरले पराजित भएको छ।




Leave comment