CDOLIVE.IN

  Sunday , February 18 , 2018 10:07AM


स्पेनिस स्ट्राइकर फर्नाण्डो टोरेस गम्भिर घाइते

post_image
स्पेनिस स्ट्राइकर फर्नाण्डो टोरेस गम्भिर घाइते भएपछि उपचारको निम्ति लैजान्दै

3 मार्च- एथ्लेटिको मडि्रडका स्पेनिस स्ट्राइकर फर्नाण्डो टोरेस गम्भिर घाइते भएका छन्। टाउकोमा लागेको गहिरो चोटका कारण उनलाई स्पेनको एक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका अनुसार उनी अघिले खतरा मुक्त छन्। खेलकै क्रममा उनलाई चोट लागेको थियो। लिभरपुल र चेल्सीका स्टार रहिसकेका टोरेस स्पेनिस लिगको खेलमा बल हेडिङ गर्ने क्रममा घाइते भएका थिए। डेपोर्टिभोका एलेक्स बर्गान्टिनोससँग उनी ठोक्किन पुगेका थिए। उनलाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएको थियो। उनले ट्विटर मार्फत् आफ्ना सम्पूर्ण शुभ चिन्तक, स्वास्थ्य सरोकार राख्ने र हौसला प्रदान गर्नेलाई धन्यवाद व्यक्त गरेका छन्। उनले आफु चाँडै नै ठिक भएर घर फर्किने विश्वास समेत व्यक्त गरेका छन्। एजेन्सी




Leave comment