CDONETWORK

  Sunday , July 5 , 2020 3:38PM


तरुण कप 2019 फुटबल प्रतियोगिताको क्वाटर फाइनल समपन्न

post_image
दार्जिलिङ सन्त पर्लस दार्जिलिङ वनाम केएफसीका खिलाड़ी माझ रोचक भिडन्त

सुकेपोखरी 7 दिसम्बर-प्लुङदुङ तरूण सङ्घले प्रारम्भ गरेको तरुण कप 2019 फुटबल प्रतियोगिताको क्वाटर फाइनलको तेस्रो खेल आज समपन्न गरियो। आजको खेल दार्जिलिङ सन्त पर्लस दार्जिलिङ वनाम केएफसीका खिलाड़ी माझ रोचक भिडन्त भयो।आजको खेल समय अवधिभरि दुवै दलले उतकृष्ट प्रदर्शनी गरे तर खेललाई एक तर्फी बनाउदै के एफ सीले दुईको विरुद्ध चार गोल गरेर सन्त पर्लस दार्जिलिङलाई पराजित गरी के एफ सीले बिजय हाशिल गर्दै सेमीफाईनलमा स्थान पक्का गरे। आजको म्याचको म्यान अफ दी म्याचको ट्रफी के एफ सीका निवश राणाई सुके मानेभन्ज्याङ समष्टि सचिव राजेन निरोलाको बहुलीबाट प्रदान गरियो।कार्यक्रमलाई संघ सचिव राजुला शेर्पाले संचालन गरेका थिए भने आजको खेलमा मुख्य अतिथिको रूपमा सामदेन लामा, गोजमुमो सुके मानेभन्ज्याङ समष्टि सचिव राजेन निरोले, सुके मानेभन्ज्याङ समष्टिका पुर्व सभासद उदय देवानको उपस्थिति रहेको थियो। खेलको मुख्य निर्णायक धिरेन थापा र सहयोगी अमोश थापा, उगेन थापा, म्याच कमिस्नर साङ्गे दोर्जी सेर्पा,फोर्थ अम्पायर पालन दर्नाल थिए।यसै प्रतियोगिता अन्तर्गत आगमी अन्तिम क्वाटर फाइनलको म्याच प्लेनिङ सेभेन नेपाल बनाम रङ्गबुल एफसीमाझ भोलि आइतबार सम्पन्न हुने आयोजक समिति सचिव राजुला शेर्पाले जनाएको छ।







Leave comment