CDONETWORK

  Tuesday , December 1 , 2020 4:40AM


राङभाङ एफसी वनाम प्लयिङ सेभेनका खिलाड़ी माझ रोचक भिडन्त

post_image
तरुण कप 2019 फुटबल प्रतियोगिताको सेमिफाइनलको दोस्रो खेल

सुकेपोखरी १७ दिसेम्बर-प्लुङदुङ तरूण सङ्घले प्रारम्भ गरेको तरुण कप 2019 फुटबल प्रतियोगिताको सेमिफाइनलको दोस्रो खेल समपन्न गरियो।आजको खेल राङभाङ एफसी वनाम प्लयिङ सेभेनका खिलाड़ी माझ रोचक भिडन्त भयो।आजको खेल समय अवधिभरि दुवै दलले उतकृष्ट प्रदर्शनी गरे तर खेललाई एक तर्फी बनाउदै प्लयिङ सेभेन नेपालले शुन्यको विरुद्ध दुई गोल गरेर राङभाङ एफ सीलाई पराजित गरी प्लयिङ सेभेन नेपालले बिजय हाशिल गर्दै फाईनलमा स्थान पक्का गरे। म्याचको अठारौँ मिनटमा प्लयिङ सेभेन गोल गरे पश्चात भबेश राईको दोस्रो रोमान्चक गोल गरेर बिजय बन्यो।

आजको म्याचको म्यान अफ दी म्याचको ट्रफी के भलवेश राईलाई सधका सल्लाहकार रिनछेन शेर्पाको बहुलीबाट प्रदान गरियो।कार्यक्रमलाई संघ सचिव राजुला शेर्पाले संचालन गरेका थिए भने आजको खेलमा मुख्य अतिथिको रूपमा स्थानिय सधं सस्था का प्रतिनिधिहरु साथै स्थानीय शिक्षक शिक्षिका हरूको उपस्थिति रहेको थियो। खेलको मुख्य निर्णायक धिरेन थापा र सहयोगी अमोश थापा, उगेन थापा, म्याच कमिस्नर समातेन राई,फोर्थ अम्पायर जेन छिरिङ लेप्चा थिए।यसै प्रतियोगिता अन्तर्गत आगमी समापन कार्यक्रम अनि फाइनलम्याच प्लेनिङ सेभेन नेपाल बनाम के एफ सी माझ आगमी 22 दिसेम्बर आइतबार सम्पन्न हुने आयोजक समिति सचिव राजुला शेर्पाले जनाएको छ।





Leave comment