CDONETWORK

  Tuesday , December 1 , 2020 3:50AM


गणतन्त्र दिवसको छेक पारेर चेलखोलाको बगरमा हाफ म्यारथनको आयोजन

post_image
गणतन्त्र दिवसको छेक पारेर चेलखोलामा हाफ म्याराथन गर्दै

गोरुबथान 26 जनवरी-स्वस्थ्यनै धन हो भनेर हामी भन्ने गर्छौं, स्वास्थ्य ठिक छ भने हामीलाई खुशी भएको महसुस गर्छौ। त्यही स्वास्थलाई ठिक राख्नु पर्छ भनेर लगातार तीन बर्ष देखि हाफ म्याराथन गर्दै आईरहेका Gorubathan Runners ले यस पाली पनि गणतन्त्र दिवसको छेक पारेर चेलखोला बगर पिकनिक स्पोटमा मञ्च बनाएर 4 किलोमिटर 5 किलोमिटर अनि बिशेष  हाफ म्यारथन 21 किलोमिटरको आयोजना गरेको थियो। यस हाफ म्याराथन कार्यक्रमको सभापति साईका सह निर्देशक केशब प्रधान थिए भने प्रमुख अतिथि school Di Pran Gobind sarkar, बिशिस्ट अतिथि अनि अतिथिहरुमा क्रमैले 43 न० समष्टि जोन 1 सभापति अजय प्रधान, सचिव रबिन प्रधान, प्रचारप्रसार सचिव ताबराज आलम सिद्धकी (हैदर अली) जोन 2 का सभापति पेमा योञ्जन, सचिव रतन थापा, युद्धबीर उच्चतर माध्यमिक बिधालयका प्रधान अध्यपक सञ्जय बराईली, भिजन आहालेका सभापति धनराज राई, शिक्षक शिक्षिकाहरू क्रमैले काशीराम प्रधान, बब्लु बहन राणा, बसन्त गुरुङ, लिनामित लेप्चा, ग्रासरुट फाउन्डेसनका सचिव ओमप्रकाश कार्की, कमल राणा, सुजन राई, बिनोद लामा, विलियम फिपन, प्रणय गुरुङ, zyalish academy malbazar का डाइरेक्टर प्रणय प्रधान आदि बिशेष रुपमा उपस्थित थिए । पत्रकार योगेश राई बाछाना द्वारा सञ्चालन गरेको कार्यक्रममा गोरुबथान रनर्सका ट्रस्टी बिशाल परियारले स्वागत बिचार अनि कार्यक्रम गर्नको बारेमा जानकारी गराए । स्वागत नृत्य सनराईजीङ वेलफियर क्लब ढिपडाँडाले गरेका थिए भने। 4 किलोमिटर 5 किलोमिटरमा पहिलो, दोस्रो, तेस्रो हुनेलाई ट्फी लगायत प्रमाण पत्र सभापति, प्रमुख अतिथि, बिशिस्ट अतिथि अनि अतिथिहरुको बाहुलीबाट प्रदान गरियो अनि 21 किलोमिमा पहिलो, दोस्रो अनि तेस्रो हुनेलाई, ट्रफी, प्रमाण पत्र अनि नगद राशी प्रदान गरियो भने धन्यवाद ज्ञापन लेनिन राईले गरेको थियो ।





Related Photos




Leave comment