CDOLIVE.IN

  Monday , September 25 , 2017 11:23AM


आईपीएल दसको उपाधी मुम्बई इण्डियन्सको रोमाञ्चक जीत

post_image
मुम्बई इण्डियन्स अनि राइजिंग पुणे सुपरजाइन्टको बीचमा खेलिएको आईपीएल-10-को रोमाञ्चक जीत

हैदाराबाद 22 मई- मुम्बई इण्डियन्स अनि राइजिंग पुणे सुपरजाइन्टको बीचमा खेलिएको आईपीएल-10-को रोमाञ्चक फाइनल प्रतिस्पर्धामा मुम्बईको टीमले पुणेलाई 1 रनले पराजित गरेर तेस्रोपल्ट खिताब आफ्नो झोलीमा भर्न सफल भयो। मुम्बई इण्डियन्सको टीमले 20 ओभरमा आठ विकेट गुमाएर 129 रन मात्र बनाउँदा टूर्नामेन्टले यसपल्ट राइजिंग पुणे सुपरजाइन्ट्सको रूपमा नयाँ च्याम्पियन पाउने सम्भावना रहेको थियो। मुम्बईले बनाएको रनलाई लक्ष्य गर्दै पुणेले जुनप्रकारले खेलको शुरूवात गरेको थियो त्यसले सम्भावनालाई अझै दह्रिलो बनाएको थियो। तर म्याचको डेथ ओभरमा मुम्बईका खेलाडीहरूले तनावलाई राम्रो प्रकारले नियन्त्रित गरे। राजीब गान्धी स्टेडियममा खेलिएको आई.पी.एल-को दशौं संस्करणको फाइनलमा मुम्बईले पुणेलाई 1 रनले पराजित गरेर दशौं संस्करणको खिताब हत्याउन सफल भयो। मुम्बईले टस जितेर पहिलो ब्याटिङ गर्दै पुणेको अघि 130 रनको लक्ष्य राखेको थियो। तर पुणेले 20 ओभरमा 6 विकेट गुमाएर मात्र 128 रन बनाउन सक्यो। म्याच यति रोमाञ्चक रहेको थियो कि म्याचको अन्तिम ओभरको अन्तिम बलसम्म पनि आईपीएलको खिताब कसले हत्याउने हो भन्न गाह्रो परेको थियो। 15 देखिको 20 ओभरको बीचमा महेन्द्र सिंह धोनी, मनोज तिवारी, स्टीभ स्मिथ अनि वाशिंगटन सुन्दर आउट भएपछि पुणेलाई ठूलो धक्का लागेको थियो। अर्कोतर्फ मुम्बई इण्डियन्सको टीमले तेस्रोपल्ट आईपीएल च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। हालसम्म अन्य कुनैपनि टीमले यो उपलब्धि हासिल गर्न सकेको छैन। एजेन्सी




Leave comment