CDOLIVE.IN

  Monday , September 25 , 2017 11:33AM


मेवेदर र एमएमएका म्याक्ग्रेगरबीच भीडन्त

post_image
मेवेदर र एमएमएका म्याक्ग्रेगरबीच बिच भीडन्त हुने

15 जून- बक्सिङका पूर्व विश्व च्याम्पियन फ्लोइड मेवेदर र युएफसी च्याम्पियन कोनोर म्याक्ग्रेगरबीच बहुप्रतीक्षित भीडन्त अन्ततः हुने भएको छ। आउँदो अगस्ट २६ मा यी दुईबीचको खेल लस भेगासको टि मोबाइल एरेनामा हुने निश्चित भएको हो। बक्सिङ र मिक्स्ड मार्सल आर्टका दुई महारथीबीच कुन खेल खेलिने भन्ने चासो पनि पहिलेदेखि नै थियो। यी दुई खेलाडीबीच लाइट–मिडलवेट बक्सिङ खेल हुने भएको छ। यो भीडन्तबाट दुवैले 10-10 करोड प्राप्त गर्ने जनाइएको छ। बक्सिङको इतिहासमा यो सबैभन्दा महंगो भीडन्तमध्ये एक हुनेछ। 40 वर्षीय मेवेदर पाँच तौल समूहमा च्याम्पियन बनिसकेका छन्। उनले सन् 2015 मा अविजित 49 भीडन्तपछि सन्यास लिएका हुन्। मेवेदरलाई यो समयको सबैभन्दा ठूलो बक्सर मानिन्छ। म्याक्ग्रेगरले यसअघि कहिल्यै बक्सिङ खेलेका छैनन्। उनी सन् 2016 मा अल्टिमेट फाइट च्याम्पियन्सीपमा दुई डिभिजनका च्याम्पियन बनेका थिए। उनले मेवेदरलाई मिक्स मार्सल आर्टमा आफूसँग भिड्न चुनौती दिएका थिए। 28 वर्षका म्याक्ग्रेगरले 24 मिक्स मार्सल आर्ट भीडन्तमध्ये 21 मा जीत र 3 मा हार बेहोरेका छन्। युएफसी अध्यक्ष डेना ह्वाइटले दुई खेलाडीबीच खेल हुने पुष्टि गरेका हुन्। उनले म्याक्ग्रेगरको तर्फबाट सम्झौतामा प्रतिनिधित्व गरेका थिए। ‘असम्भव सम्झौता सम्भव भएको छ,’ उनले भनेका छन्। एजेन्सी




Leave comment