CDOLIVE.IN

  Friday , September 22 , 2017 8:15AM


रवि शास्त्री भारतीय क्रिकेट टोलीको प्रशिक्षक नियुक्त

post_image
भारतीय क्रिकेटी टोलीको प्रशिक्षकमा रवि शास्त्री नियुक्त

नई दिल्ली 11 जुलाई- भारतीय क्रिकेटी टोलीको प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन्। वीरेन्द्र सहवाग र टम मुडीजस्ता हस्तीहरुलाई पछि पार्दै 55 वर्षीय शास्त्री सो पदमा छनौट हुन सफल भएका छन्। भारतको श्रीलंकाविरुद्ध जुलाई 26 मा शुरू हुने तीन टेस्ट शृंखलाबाट टोलीको नेतृत्व सम्हाल्ने छन्। शास्त्रीलाई बिसिसिआइको क्रिकेट एड्भाइजरी कमिटीले मुख्य प्रशिक्षक पदमा छनौट गरेको हो। उनले टोली निर्देशकका रुपमा काम गरिसकेका छन्। आइसिसी च्याम्पियन्स ट्रफी 2017 का बेला प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएपछि सो पद खाली थियो। शास्त्रीले भारतका लागि 80 टेस्ट र 150 एक दिवसीय क्रिकेट खेलेका थिए। एजेन्सी




Leave comment