CDOLIVE.IN

  Monday , September 25 , 2017 11:28AM


श्रीलंकालाई भारतले 304 रनले हरायो

post_image
श्रीलंकालाई भारतले पहिलो पारीमा 600 रनको विशाल स्कोर लक्ष्य

29 जुलाई-भारतले श्रीलंकाविरुद्धको पहिलो टेष्ट 304 रनको फराकिलो अन्तरले जितेको छ। यससँगै 3 म्याचको सिरिजमा भारतले 1-0 को अग्रता लिएको छ। भारतले पहिलो पारीमा 600 रनको विशाल स्कोर बनाएको थियो र दोस्रो पारी 3 विकेटको क्षतिमा 340 रन बनाएर अन्त्य भएको घोषणा गरेको थियो। पाहुना टोली श्रीलंकाले पहिलो पारीमा मात्र 291 रन बनाउन सक्यो। दोस्रो पारीमा 550 रनको विशाल लक्ष्य पाएको श्रीलंकाली टोली 245 रन मात्र बनाउने सकियो। खेलमा श्रीलंका फलोअनबाट बच्न सकेको थिएन। तर, भारतीय कप्तान विराट कोहलीले फओलन खेलाएनन्। कोहलीले दोस्रो पारीमा 103 रन बनाए, जुन उनको 17 औं शतक हो। दोस्रो पारीमा श्रीलंकाली ब्याट्सयानहरु भारतीय स्पिनरसामू निरिह देखिए। उसका एम करुणरत्ने र एन दिकवेलाले एक हदसम्म संघर्ष गरे। दुबैले पाँचौं विकेटका लागि 101 रनको साझेदारी गरे। आर अश्विन र रविन्द्र जडेजाले 3-3 विकेट लिए। एजेन्सी




Leave comment