CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:45AM


विराटलाई पद्मश्री अवार्ड

post_image
भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई सरकारले देशको चौथो ठूलो सम्मान पद्मश्रीबाट सम्मानित

नयाँ दिल्ली 25 जनवरी - भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई सरकारले देशको चौथो ठूलो सम्मान पद्मश्रीबाट सम्मानित गर्ने भएको छ। भारतको गणतन्त्र दिवसको अवसरमा विराटलाई यो सम्मानबाट सम्मानित गर्न लागिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

विराटको नेतृत्वमा भारतले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता हात पार्दै आइरहेको छ। उनलाई यसै वर्षको सुरुवातमा क्रिकेटको तीनवटै फरम्याट टेस्ट, एकदिवसीय र टि–२० को कप्तान नियुक्त गरिएको थियो।

विराटसँगै यसवर्ष पद्मश्रीबाट सम्मानित हुनेमा जिम्न्यास्ट दीपा कर्मकार, ओलम्पिक पदक विजेता साक्षी मल्लिक र भारतीय हकी टिमका कप्तान श्रीजेश र डिस्कस खेलाडी विकास गौडा रहेका छन्। - एजेन्सी




Leave comment