CDOLIVE.IN

  Saturday , May 26 , 2018 7:27AM


उसेन बोल्टको ‘ट्रिपल–ट्रिपलको कीर्तिमान संकटमा

post_image
दौडिए सकेपछि स्वर्ण पद लिदै

26 जनवरी - विश्वका तीब्रगतिका कीर्तिमानधारी धावक उसेन बोल्टको ‘ट्रिपल–ट्रिपल’ को कीर्तिमान खतरामा परेको छ। सन् २००८ मा ४ गुना सय मिटर रिले स्पर्धामा आफूसँगै दौडिएका अर्का जमैकन धावक नेस्टा कार्टर प्रतिबन्धित शक्तिबद्र्धक औषध प्रयोग गरेको पाइएपछि बोल्टको कीर्तिमान संकटमा परेको हो। यो स्पर्धामा नेस्टासँगै मिचेल फ्रास्टर, असफा पावेल र उसेन बोल्ट दौडिएका थिए। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले बुधबार विज्ञप्ती जारी गर्दै कार्टरको नमूना पुनः परीक्षण गर्दा सकारात्मक पाइएको बताएको छ। सन् २०१२ मा जमैकाले स्वर्ण जित्दा पनि उनी टिमको सदस्य थिए।

बोल्टले सन् २००८, २०१२ र २०१६ मा गरी तीनवटा ओलम्पिकको तीवटा स्पर्धा जित्दै ओलम्पिकमा स्वर्ण जित्ने ‘ट्रिपल–ट्रिपल’ को अनौठो कीर्तिमान बनाएका थिए। उनले भाग लिएको स्पर्धा, सय मिटर, दुई सय मिटर र ४ गुना सय मिटर रिले थियो। अब उनीसँगै दौडिएका रिलेका धावक कार्टर शक्तिबद्र्धक औषध मिथेलहेक्जानियमाइन प्रयोग गरेको भेटिएपछि यो स्पर्धाको स्वर्ण खोसिने सम्भावना बढेको छ। - एजेन्सी




Leave comment