CDOLIVE.IN

  Monday , September 25 , 2017 11:33AM


नेइमारको पिएसजी डेब्यू अझै लम्बिन सक्ने

post_image
सेन्ट जर्मिनबाट ब्राजिलियन स्टार नेइमारको

सिलगढी 9 अगस्त-पेरिस सेन्ट जर्मिनबाट ब्राजिलियन स्टार नेइमारको डेब्यू अझै लम्बिन सक्ने देखिएको छ। फ्रान्सेली फुटबल अधिकारीहरुले अहिलेसम्म बार्सिलोनाबाट अन्तर्राष्ट्रिय ट्रान्सफर प्रमाण पत्र नअाएको बताएका छन्। कीर्तिमानी 222 मिलियन युरोमा नेइमार बार्सिलोनाबाट गत साता फ्रान्सेली च्याम्पियन पिएसजी गएका थिए। फ्रान्सको लिग वान सञ्चालन गर्ने एलएफपीले जनाए अनुसार स्पेनिस फुटबलले बिहीबार अबेरसम्म नेइमारको आवश्यक कागजपत्र नपठाए उनले आइतबार गुइनक्याम्पमा हुने खेल गुमाउनेछन। फरक मुलुकका क्लवहरुबीच खेलाडी ट्रान्सफर हुँदा फिफाको अन्तर्राष्ट्रिय ट्रान्सफर प्रमाणपत्र साथै हुनु जरुरी छ। यही पत्र फ्रान्स फुटबलले अहिलेसम्म पाएको छैन। एलएफपीले भनेको छ कि उसले फिफासँग आधिकारिक प्रक्रिया सुरु गरिसकेको छ। 25 वर्षीय ब्रजिलियन सुपरस्टार नेइमारले शनिबार सम्पन्न एक खेल गुमाइसकेका छन्। त्यस खेलमा पिएसजीले एमेइनबिरुद्ध जित हासिल गरेको थियो।




Leave comment