CDOLIVE.IN

  Saturday , September 22 , 2018 5:19PM


ह्याट्रिकसँगै एग्युरो बने

post_image
प्रिमियर लिग फुटबलमा वाटफोर्डमाथि शानदार जित हात पार्दै

सिलगढ़ी 17 सेप्टेम्बर-सर्जिओ एग्युरोको ह्याट्रिकको मद्दतमा म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डमाथि शानदार जित हात पारेको छ। शनिबार राति भएको खेलमा सिटीले वाटफोर्डलाई 6–0 गोल अन्तरले हराएको हो। वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा एग्युरोले 27, 31 र 81 औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे। अन्य गोल जेसिस, ओटामेन्डी र स्टर्लिङले गरे। यो ह्याट्रिकसँगै एग्युरो सिटीको सर्वाधिक गोलकर्ताको रेकर्ड नजिक पुगेका छन् । सन् 2011 मा सिटीमा आएका २९ वर्षीय अर्जेन्टिनी स्ट्राइकरले 175 गोल गरेका छन्। क्लब सर्वाधिक गोलकर्ताको रेकर्ड इरिक ब्रोकको नाममा छ, उनले 177 गोल गरेका छन् । अब तीन गोल गर्ने हो भने एग्युरो म्यानचेष्टर सिटीका सर्वाधिक गोलकर्ता बन्नेछन् । एग्युरो क्लबको लेजेन्ड भएको बताउँदै प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘आश गरौं यो रेकर्ड छिट्टै बन्नेछ।




Leave comment