CDOLIVE.IN

  Thursday , January 18 , 2018 10:56PM


हजारौ पेरु समर्थक अर्जेन्टिनामा

post_image
पेरु सित अजेन्टिना विरुद्व

अक्टूबर-अजेन्टिना विरुद्व शुक्रबार बिहान हुने खेलमा आफ्नो देशको समर्थनका लागि हजारौ पेरुका समर्थकहरु अर्जेन्टिनाको राजधानी व्यूनस आयर्स पुगेका छन्। उनीहरुको टोली सन् 1982 यता पहिलोपटक विश्वकपमा छनोट हुने प्रयासमा छ। अर्जेन्टिना विरुद्धको महत्वपुर्ण विश्वकप छनोट खेलमा आफ्नो टोलीको समर्थन गर्न पेरुका समर्थकहरु अर्जेन्टिना पुगेका हुन्। उत्तरी अमेरिकी समूहका दुई खेलमात्रै बाकीं रहँदा पेरु समूहको चौथो स्थानमा छ। यस समूहबाट शीर्ष चारवटा टोली स्वतः छनोट हुने प्रावधान छ। पेरु र अर्जेन्टिनाको समान 24 अंक छ। गोलअन्तरका आधारमा पेरु चौथो र अर्जेन्टिना पाचौं स्थानमा छन्। संकटमा अर्जेन्टिना, पार लगाउलान् त मेस्सीले? पाचौं स्थानमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ। पाँचौं स्थानको टोलीले ओसेनिया क्षेत्रको टोलीसँग प्लेअफको यात्रा तय गर्नुपर्नेछ। ओसेनिया क्षेत्रबाट न्युजिल्यान्ड यसअघि नै प्लेअफमा छनोट भइसकेको छ। गत विश्वकपको उपविजेता अजेन्टिनालाई छनोटको सम्भावना जीवित राख्न पेरुलाई जित्नैपर्ने अवस्था छ भने छैठौं स्थानको चिली 23, सातौ स्थानको पारग्वे 21 र आठौं स्थानको इक्वेडर 20 को पनि छनोट नहुने सम्भावना सकिएको छैन्। पछिल्लो समय लयमा देखिएको पेरुले छनोटका अन्तिम तीन खेलमा उरुग्वे, बोलिभिया र इक्वेडरलाई पराजित गरेको थियो। यस्तो अवस्थामा अर्जेन्टिनालाई पराजित गर्दै विश्वकपमा स्वतः छनोट हुने सम्भावनालाई यथार्थमा बदल्न टोलीको हौसला बढाउन हजारौ समर्थकहरु अर्जेन्टिना पुगेका हुन्। एजेन्सी




Leave comment