CDOLIVE.IN

  Monday , December 17 , 2018 12:09AM


रोनाल्डोको अन्तिम समयको गोलले मड्रिड विजयी

post_image
रियल मड्रिड विजयी भएपछि खुशि हुन्दै

सिलगढ़ी 15 अक्टूबर-क्रिस्टियानो रोनाल्डोले खेल सकिन पाँच मिनेट अगाडी गरेको निर्णायक गोल मद्तले रियल मड्रिड विजयी भएको छ। लालिगामा अन्तर्गत शनिबार राति भएको खेलमा मड्रिडले गेटाफेलाई 2–1 ले पराजित गर्दा रोनाल्डोले निर्णायक गोल गरे। 1–1 को बराबरीमा रहेको खेलको 85 औं मिनेटमा गोल गदै रोनाल्डोले मड्रिडका लागि अंक बटुलेका हुन्। जितसँगै मड्रिड बार्सिलोनापछि दोस्रो स्थानमा उक्लिएको छ। मड्रिडको 8 खेलबाट 17 अंक छ। गेटाफेको घरेलु मैदानमा करिम बेन्जामाले पहिलो हाफमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। गेटाफेका जर्ज मोलिनाले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए।




Leave comment