CDOLIVE.IN

  Tuesday , January 16 , 2018 9:01PM


पहिलो ट्वेन्टी ट्वेन्टीमा पराजित श्रीलंका, पाकिस्तान 7 विकेटले विजयी

post_image
श्रीलंकालाई 7 विकेटले पराजित गरे पछि रमाउँदै

सिलगढ़ी अक्टूबर 27- पाकिस्तानसँगको पहिलो ट्वेण्टी ट्वेण्टी क्रिकेटमा श्रीलंका 7 विकेटले पराजित भएको छ। दुवईमा बिहीबार राति भएको खेलमा श्रीलंकाले दिएको 1 सय 3 रनको लक्ष्य पाकिस्तानले 16 बल बाँकी रहँदै 3 विकेट जाँदा भेट्टाएको हो। टस हारेर ब्याटिङमा आएको श्रीलंकाले 18 ओभर 3 बलमा 1 सय 2 रन बनाउँदा सबै विकेट गुमायो। श्रीलंकाका 7 जना खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। धनुष्का गुनथिलकाले 11 बलमा 18 रन, सदिरा सामाराविक्रमाले 23 बलमा 23 रन, सेक्कुग्गे प्रसन्नाले 23 बलमा अविजित 23 रन बनाए। पाकिस्तानका हसन अलीले तीन विकेट लिए। यस्तै उस्मान खान र मोहम्मद हाफिजले दुई दुई साथै इमाद वासिम, फहिम असरफ र सादब खानले एक एक विकेट लिए। पाकिस्तानलाई जिताउन सोहेब मलिकले ३१ बलमा अविजित 42 रन र मोहम्मद हाफिजले 23 बलमा अविजित रहँदै 25 रन बनाए । यस्तै अहमद सेहजादले 32 बलमा 22 रन बनाए। श्रीलंकाका बिकुम सञ्जयले दुई साथै सचिथ पाथिरानाले एक विकेट लिए। श्रीलंकासँगको पाँच एकदिवसीय क्रिकेट ह्वाइटवास गरेको पाकिस्तानले ट्वेण्टी ट्वेण्टीमा पनि विजयी शुरुवात गरेको हो। अब दुईवटा ट्वेण्टी ट्वेण्टी खेल बाँकी छ।




Leave comment