CDOLIVE.IN

  Sunday , June 24 , 2018 4:43AM


विश्वकप फुटबलको पुरस्कार राशी 40 करोड अमेरिकी डलर

post_image
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सन् 2018

अक्टूबर 27-अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सन् 2018 का लागि विश्वकपको पुरस्कार राशी 40 करोड अमेरिकी डलर पुर्‍याएको छ। फिफाले शुक्रबार भारतको कलकतामा सन् 2014 को तुलनामा 12 प्रतिशतले वृद्धि गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। तीन वर्षअघि ब्राजिलमा भएको विश्वकपमा 35 करोड 80 लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड 50 लाख पाएको थियो। त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड 25 लाख पाएको थियो। विश्वकप फुटबलको सञ्चालक समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् 2026 मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धी कानूनलाई शुक्रबार अनुमोदन गरेको छ। त्यसैगरी परिषद्ले फिफाका आगामी वर्ष संयुक्त अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकप लगायतको केही प्रतियोगिताहरूको मिति समेत तोकेको छ। सन् 2018 को क्लब विश्वकप डिसेम्बर 12 देखि २२ सम्म हुनेछ भने महिलातर्फको विश्वकप सन् 2019 को जुन 7 मा शुरू भई जुलाई 7 मा सकिने छ।




Leave comment