CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:18PM


कोहलीले मेस्सीलाई उछिने, रोनाल्डो अघि

post_image
कोहली, मेस्सी, रोनाल्डो

अक्टूबर 28-अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजिनक गर्दै उच्च ब्राण्ड भ्यालु (ब्राण्ड मूल्य) भएका खेलाडीका सूचिको शीर्ष स्थानमा टेनिसका रोजर फेडेरर लगातार दोस्रो वर्ष रहन सफल भएका छन्। गए वर्ष पनि शीर्ष स्थानमा रहेका फेडेरर यो वर्ष पनि शीर्ष स्थानमै रहेका हुन्। फोर्ब्सले चार दिनअघि (24 अक्टोबर) मा सार्वजनिक गरेको सूचि अनुसार 37.2 मिलियन अमेरिकी डलर ब्राण्ड मूल्यसहित फेडेरर शीर्ष स्थानमा रहेका हुन्। गएको वर्षभन्दा यो वर्ष उनको ब्राण्ड मूल्य 3.3 प्रतिशतले बढेको छ। यस्तै दोस्रो स्थानमा 33.4 मिलियन डलर ब्राण्ड मूल्यसहित बास्केटबल खेलाडी लिब्रोन जेम्स रहेका छन्। तेस्रो स्थानमा रहेका एथ्लेटिक्सका उसैन बोल्टको ब्राण्ड मूल्य 27 मिलियन रहेको फोर्ब्सले जनाएको छ। चौथो स्थानमा रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो छन्। उनी फुटबल खेलाडी तर्फ शीर्ष स्थानमा छन्। उनको ब्राण्ड मूल्य 21.5 मिलियन रहेको छ। पाँचौं स्थानमा रहेका गल्फ खेलाडी फिल मिकेल्सनको ब्राण्ड मूल्य 19.6 मिलियन, छैटौं स्थानमा रहेका गल्फकै टाइकर वुड्सले 16.6 मिलियन तथा सातौं स्थानमा रहेका क्रिकेटका विराट कोहलीको 14.5 मिलियन डलर रहेको छ।भारतीय टिमका कप्तान कोहलीको ब्राण्ड मूल्य बार्सिलोना तथा अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको भन्दा बढी रहेको फोर्ब्सले जनाएको छ। मेस्सी नवौं स्थानमा छन्। उनको ब्राण्ड मूल्य कोहलीको भन्दा एक मिलियन कम अर्थात 13.5 मिलियन रहेको छ। मेस्सी भन्दा अघि आठौं स्थानमा गल्फका रोरी म्याक्लोरी रहेका छन्। उनको ब्राण्ड मूल्य 13.6 मिलियन रहेको छ । दशौं स्थानमा रहेका बास्केट बल खेलाडी स्टिफन कुरीको ब्राण्ड मूल्य 13.4 मिलियन अमेरिकी डलर रहेको छ । फोर्ब्सले ‘फेब 40’ अन्तर्गत खेलाडी, खेलकुट इभेन्ट, टिम र खेलकुद सामग्री उत्पादक ब्राण्ड गरी चार विधका उत्कृष्ट 10 को सूचि बनाएको छ । खेलकुद टिममा डालास काउब्वाइज शीर्ष स्थानमा रहेको छ। यस्तै न्युयोर्क यानकिज दोस्रो, लस एन्जलस लकर्स तेस्रो, म्यानचेस्टर युनाइटेड चौथौ, बार्सिलोना पाँचौं, न्यु इंग्ल्याण्ड प्याट्रिओट्स छैटौं, रियल मड्रिड सातौं, न्युयोर्क केनिक्स आठौं, बोस्टन रेड सोक्स नवौं र शिकागो क्युक्स दशौं स्थानमा रहेको छ। स्पोटर्स इभेन्टमा सुपर बोल पहिलो, समर ओलम्पिक दोस्रो, विन्टर ओलम्पिक तेस्रो, फिफा विश्वकप चौथो, एनसिएए फाइनल फोर पाँचौं, रेस्ट्लेमेनिया छैटौं, युसिए सातौं, कलेज फुटबल प्ले–अफ आठौं, डेटोन्ना नवौं र एमएलबी वर्ल्ड सिरिज दशौं स्थानमा छन्। स्पोटर्स व्यवसायमा नाइक शीर्ष स्थानमा छ। यस्तै इएसपिएन दोस्रो, एडिडास तेस्रो, स्काइ स्पोटर्स चौथो, अण्डर अर्मोउस पाँचौं, एमएलबिएएम छैटौं, युएफसी सातौं, यस नेटवर्क आठौं, रीबोक नवौं र एनइएसएन दशौं स्गानमा रहेको छ। एजेन्सी




Leave comment