CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:19PM


तेन्दुलकरको कीर्तिमान कोहलीले तोडे

post_image
बिराट कोहलीले तेन्दुलकरको कीर्तिमान तोड़र्दै

30 अक्टूबर सिलगढ़ी-न्युजिल्याण्डबिरुद्धको तेस्रो तथा अन्तिम एकदिवशीयमा शतक प्रहार गर्दै भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले टिमलाई 2-1 ले शृङखलामा जित दिलाए। करिअरको 32औं शतकले भारतीय टिमले जितमात्रै हासिल गरेन कोहलीले अर्को कीर्तिमानसमेत बनाए। उनले अन्तर्राष्ट्रिय एकदिवशीय ब्याट्सम्यानको रुपमा करिअरकै सबैभन्दा धेरै तथा भारतका लागि नयाँ कीर्तिमानको रुपमा 889 रेटिङ प्वाइन्ट हासिल गरे, जुन भारतीय महान खेलाडी सचिन तेन्दुलकरको भन्दा 2 अंकले धेरै हो। उनले 10 दिन अघिसम्म 872 अंकसहित शीर्ष स्थानमा रहेका दक्षिण अफि्रकी ब्याट्सम्यान एबीडी भिल्लियर्सलाई पछि पारे। त्यस्तै त्यस्तै 865 अंकसहित अष्ट्रेलियाका डेभिड वार्नर तेस्रो स्थानमा रहे। नयाँ र्‍याङकिङ अपडेट भारत र न्यूजिल्याण्डबीटको शृङखला, दक्षिण अफि्रका र बंगलादेशको अन्तिम खेल तथा पाकिस्तान र श्रीलंकाको अन्तिमका दुई खेलपछि आएको हो। नयाँ र्‍याङकिङमा भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी ११औं स्थानमा छन्। त्यस्तै न्युजिल्याण्डका टम लतामले शृङखलामा उत्कृष्ट प्रदर्शन गरेपछि १५ स्थान सुधार गर्दै 23औं स्थानमा पुगेका छन्। यता बलिङतर्फ पाकिस्तानका बलर हसन अली शीर्ष स्थानमा छन्। न्युजिल्याण्डबिरुद्धको शृङखलामा उत्कृष्ट प्रदर्शन गर्दै 6 विकेट लिएका जरपि्रत बुम्राह करिअरकै सबैभन्दा माथि तेस्रो स्थानमा पुगे। न्युजिल्याण्डलाई 2-1 ले हराए पनि भारत एकदिवशीय र्‍याङकिङमा दक्षिण अफि्रकालाई पछि पार्दै शीर्स्थानमा उक्लन सकेन। एकदिशवीय र्‍याङकिङमा दक्षिण अफि्रकाको 121 अंक छ भने भारत 2 अंकले पछाडि छ।




Leave comment