CDOLIVE.IN

  Sunday , June 24 , 2018 4:47AM


तीन दिनभित्र रियल मड्रिडको दोस्रो हार

post_image
रियल मड्रिडले तीन दिनभित्र लगातार हारे पछि

सिलगढ़ी 4 नोभेम्बर-रियल मड्रिडले तीन दिनभित्र लगातार दोस्रो हार व्यहोरेको छ। ला लागिता फुटबल अन्तर्गतको खेलमा सेभिल्लासँग 3-1ले पराजित भएको दुईदिन पछि रियल मड्रिडले दोस्रो हार ब्यहोरेको हो। गएराति कोपा डेल रे अन्तर्गतको खेलको पहिलो लेगमा रियल मड्रिड घरेलु मैदान सान्टियागो बर्नबाउमा सेल्टा भिगोसँग पराजित भयो। रियललाई सेल्टाभिगोले हार चखाउने क्रममा 2-1 गोल अन्तरले पराजित गर्यो। तीन दिनभित्र दोस्रो खेल खेलेको रियल मड्रिड सेल्टाभिगोसँग पराजित भएसँगै पहिलो लेगमा 2-1 गोल अन्तरले पछि परेको छ। दोस्रो लेग अब सेल्टा भिगोको घरेलु मैदानमा हुनेछ। कोपा डेल रेको अघिल्लो चरण प्रवेशका लागि रियल मड्रिडले उक्त खेलमा सेल्टा भिगोलाई कम्तिमा 2-0 गोल अन्तरले हराउनु पर्नेछ। यसअघि 40 खेलमा अपराजित रहँदै रियल मड्रिडले स्पेनिस लिगमा नयाँ कीर्तिमानी बनाएको थियो। 41 औं खेलमा अपराजित यात्रामा पुनविराम लगाउने क्रममा रियल मड्रिडलाई सेभिल्लाले आफ्नो घरेलु मैदानमा 3-1 ले पराजित गरेको थियो। एजेन्सी




Leave comment