CDOLIVE.IN

  Sunday , June 24 , 2018 4:50AM


बंगलादेश क्रिकेट बोर्डले सबिरमाथि प्रतिबन्ध

post_image
बंगलादेश ब्याट्सम्यान सबिर रहमान प्रतिबन्ध लगाउँदै

ढाका 2 जनवरी-एक क्रिकेट समर्थकलाई अपमान गरेको भन्दै बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले ब्याट्सम्यान सबिर रहमानसँगको सम्झौता नवीकरण नगर्ने बताएको छ । 26 वर्षे रहमानलाई 6 महिना क्रिकेटसम्बन्धी गतिबिधिमा सहभागी हुन प्रतिबन्ध लगाउनुका साथै 24 हजार डलरको जरिवानासमेत गरिएको बिसिबीका अध्यक्ष नाजमसल हसनले भने । बंगलादेशले सोमबार खेलाडीहरूसँग नयाँ सम्झौता गर्ने बताइएको थियो । डिसेम्बर 21 मा सम्पन्न घरेलु प्रतियोगिता दौरान रहिमले एक 12 वर्षे बालकले जिस्क्याएको भन्दै उनलाई गाली गर्नुका साथै हातपातसमेत गरेका थिए । उनले इनिङ ब्रेकको समयमा उक्त बालकलाई साइड स्क्रिनको पछि लगेर हातपात गरेका थिए। रहमानले अम्पायरसँग पनि विवाद गरेको र यो विषयमा सुनुवाइका लागि बोलाउँदा समेत बेबास्ता गरेको बताइएको छ । ‘हामी जस्तोसुकै उत्कृष्ट खेलाडी भए पनि अनुशासनमा बस्नुपर्छ भन्ने सूचना दिन चाहन्छौ,’ हसनले भने, ‘यही विषयमा अम्पायरले रहमानलाई सुनुवाइका लागि बोलाएका थिए तर उनी त्यहाँ पनि अनुपस्थित भएको पाइयो । हामी अनुशासनहीन खेलाडीसँग सम्झौता गर्र्ने पक्षमा छौनौ ।’ बंगलादेशबाट 10 टेस्ट, 43 एकदिवसीय र 33 ट्वान्टी–20 क्रिकेटमा सहभागिता जनाएका रहमान बारम्बार अनुशासनको कारबाहीमा मुछिँदै आएका छन् । सन् 2016 मा बंगलादेशी प्रिमियर लिग (बिपिएल) दौरान एक महिलालाई होटलमा बोलाएको भन्दै बिसिबीले उनलाई सम्झौता रकमको 30 प्रतिशत जरिवानासमेत तोकेको थियो । त्यस्तै बोर्डले बिपिएल दौरान बिसिबीको आलोचना गरेको भन्दौ तमिम इकबाललाई 6 हजार डलरको जरिवाना गरेको छ । एजेन्सी




Leave comment